ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डबाट आमसञ्चारमाध्यमको प्रशंशा, श्रमिकका लागि राहत प्याकेजको निर्देशन (भिडियो)


ABC NEWS
१५ चैत्र २०७६, शनिबार   २ : १४   बजे

https://www.facebook.com/watch/?v=3146437515582101

काठमाडौं १४ चैत (एबीसी न्यूज) नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोभिड–१९ बाट पिडित श्रमिकका लागि विशेष राहत प्याकेजको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आज एक भिडियो सन्देश जारी गर्दै जिम्मेवार आमसञ्चार माध्यमको प्रशंसा गर्दै जनतालाई सही सूचना सम्प्रेषित र शिक्षित बनाउन समेत अपिल गर्नु भएको छ ।
प्रचण्डले नेकपा सबै नेता, कार्यकर्ता र समर्थकलाई कोभिड–१९ नामक क्रोना भाइरसबाट जोगिन र आफ्नो परिवार गाउँ टोल र समाजलाई जोगाउन सचेतनतापूर्वक पहल गर्न समेत निर्देशन दिनुभएको ।
हालसम्म विश्वमा झण्डै २७ हजारभन्दा बढी विश्वका नागरिकको निधनबाट आफू मर्माहत भएको भन्दै उनीहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै तिनका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
क्रोना भाइरको महामारीबाट जोगित विश्व नेताहरुलाई नै सहकार्य र समन्वयमा काम गर्नु पर्ने आवश्यकता समेत प्रचण्डले औंल्याउनु भएको छ ।
प्रचण्डले जारी गरेको भिडियो तथा अपिल जस्ताको तस्तै

‘नोभल क्रोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईंमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपिल‘

नोभल क्रोना भाइरस (कोभिड–१९) नामक सङ्क्रामक भाइरसका कारण संसारभरका ६ लाखभन्दा बढी नागरिक संक्रिमित भएका छन् भने २७ हजारभन्दा बढी नागरिकको अकल्पनीय रुपमा निधन हुन पुगेको छ । यस दुःखद घडीमा विश्वभरि निधन भएका ती निर्दोष नागरिकहरुप्रति हार्दिक श्रद्धान्जली र तिनका परिवारप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु । साथै संक्रमितहरु छिटै निको हुने आशा गर्दछु । नेपालमा समेत संक्रमित भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
कोभिड–१९ विश्वका झण्डै १८० भन्दा बढी देशमा विश्व महामारीका रुपमा फैलिइरहेको सर्वविदितै छ । कोभिड–१९ नामक घातक भाइरसबाट जोगित यतिबेला विश्व नै संघर्षरत छ । यसै सन्दर्भमा नेपाल सरकारले पनि आवश्यक सजगता र सावधानी अपनाएको सन्दर्भमा सबै नेपाली दाजुभाई तथा दिदी वहिनीहरुले यस रोगका विरुद्ध लड्न र संक्रमण फैलिन नदिन विशेष सावधानी अपनाउन म हार्दिक अपिल गर्दछु ।

कोभिड–१९ विरुद्धको लडाईंमा सबैभन्दा बढी स्वास्थ्यर्मी, चिकित्सकहरु र सुरक्षाकर्मीहरु जोखिममा हुने हुनाले सरकारले लिएको निर्णय र सावधानीमूलक आधिकारिक सूचनाको पालना गरेर, स्वास्थ्य सम्वन्धी बानी, व्यवहार र शैलीमा परिवर्तन गरेर मात्र जित्न सकिनेछ ।
विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा सचेत गराइरहेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश र स्थानीय तहका सरकार तथा नेकपाका सवै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई स्वयंसेवीका रुपमा यस संक्रमणका विरुद्धको लडाईंमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्दछु । एक नागरिकको सचेतना र सावधानीले एउटा गाउँ, समाज र टोल सुरक्षित हुनसक्छ भने सचेत नागरिक र महत्वपूर्ण आमसञ्चारमाध्यमको आधिकारिक सूचना र शिक्षाले देश नै जोखिममा पर्नबाट जोगिन सक्छ भन्ने मर्मलाई गहिरोगरी आत्मसाथ गर्न समेत सत्तारुढ दलको अध्यक्षको नाताले विेशेष आग्रह गर्न चाहन्छु ।

पछिल्लो एक शताव्दीकै त्रासदीको रुपमा महामारी बनेको कोभिड–१९ नामक भाइरस संक्रमणका विरुद्ध विजय प्राप्त गर्न सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न समेत नेकपा विशेष अपिल गर्दछ ।
कोरोना भाइरस विरुद्धको लडाईंका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरुलाई आवश्यक भौतिक तथा प्राविधिक तयारी गर्न तथा आम नागरिकको दैनिकीलाई सकेसम्म सहज बनाउन सम्वन्धित मन्त्रालय, निकाय र तहहरुले यथोचित र हरक्षण ध्यान दिनु पर्ने आवश्यकताप्रति म विशेष ध्यानकर्षण गराउन चाहन्छु ।
यस संक्रामक महामारीका कारण विश्व अर्थतन्त्र नै डगमगाउने खतरा छ भने नेपाल झनै अप्ठेरो अवस्थामा पर्न सक्ने खतरालाई नजरअन्दाज गर्न सकिंदैन । यस सन्दर्भमा आमा उद्योगी, व्यवसायी र नागरिकले भोग्नु परेका समस्या समाधान गर्न आवश्यक सहयोग र राहतको काममा सोच्न समेत नेकपा नेपाल सरकारलाई विेशेष आग्रह गर्दछ ।

कोभिड– १९ विरुद्धको लडाईंका क्रममा घरमै बस्नु परेको समयअवधिलाई देशका अनुसन्धानदाता, विश्लेषक र विज्ञहरुले देशलाई टेवा पु¥याउन सकिने रचनात्मक तथा सिर्जनात्मक काममा सदुपयोग गर्न र अनावश्यक रुपमा आतङ्कित नहुन समेत म विशेष आग्रह गर्न चाहन्छुु ।

अन्तमा कोभिड –१९ विरुद्धको लडाईंमा सवैभन्दा अग्रमोर्चामा रहेर क्रियाशील रहने स्वास्थ्यकर्मी, राष्ट्रसेवक सुरक्षाकर्मी तथा कर्मचारी र आमसञ्चार माध्यमहरुको क्रियाशीलताको म उच्च प्रशंसा गर्न चाहन्छु । साथै आमसञ्चार माध्यमहरुले यथोचित संयमता र आधिकारिक सूचना तथा शिक्षा जनतामा पु¥याउने कामलाई पक्कै पनि सबैभन्दा बढी ध्यान दिनुहुनेछ । मेरो विश्वास छ विश्वलाई नै चुनौति दिएको यस महामारीबाट हामी छिटै नै मुक्त हुनेछौं ।
अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२०७६ चैत्र १५

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group