ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशगजामै बन्यो क्वारेन्टायन, सिमामा अलपत्रलाई ‘टेण्ट’ क्वारेन्टायनमा


sharan sharan
२० चैत्र २०७६, बिहिबार   ९ : ०९   बजे

बुटवल, २० चैत्र । भारतको बिभिन्न स्थानबाट नेपाल भारत सिमाको नेपालगन्ज स्थित जमुनाहा नाकाबाट नेपाल भित्रन खोज्ने १ सय ८१ जना नेपालीलाई नेपाल–भारत सीमाना दशगजामा क्वारेन्टायन निर्माण गरि बस्ने ब्यवस्था मिलाईएको छ ।
महा भुकम्पका बेला नेपाली नेपाली सेनाले पाएको टेण्ट क्वारेन्टायनका लागि उपलब्ध गराए पछि ती नेपालीहरुलाई दशगजामै क्वारेन्टायन बनाई बस्ने ब्यवस्था मिलाईएको हो ।
सेनाले उपलब्ध गराएको ४५ थान टेण्टबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुरसंग जोडीएको दशगजामा क्वारेन्टायन बनाईएको छ । सिमामा बिगत ३। ४ दिन देखि अलपत्र परेका १ सय ८१ जनालाई आजबाटै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय बांकेले जानकारी दिएको छ ।
उनीहरुलाई राखिएको सिमा क्षेत्रमा सुख्खा बन्दरगाहा निर्माण हुंदै गरेको थियो ।
भारतका बिभीन्न स्थानबाट नेपाल फकंंदै गरेका नेपालीहरुलाई नेपाल र भारत सरकार बिच सम्बन्धीत देशहरुले क्वारेन्टायनमा राख्ने ब्यवस्था मिलाउने सहमती भए अनुसार भारतमै राख्ने प्रस्ताव गरिएपनि उनीहरु भारतीय भुमिमा बस्न अस्विकार गरेका थिए । उनीहरुले नेपाल प्रवेश गर्न पाउनु पर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।
बाँकेको हिरमिनिया, साइगाउँ, जयसपुर लगायत नाकाबाट प्रवेश गरेका नेपाली विगत चार दिनदेखि अलपत्र अवस्थामा जमुनामा(रुपैडिया नाकामा बस्दै आएका थिए। कोरोनाभाइरस कोभिड १९ का कारण भारतमा पनि लकडाउन सुरू भएको हुँदा सिमावर्ती भारतीय बजार समेत सबै बन्द छ। रोजगारीका लागि पुगेका नेपालीलाई त्यहाँ बस्न खानको समेत समस्या भएपछि आफ्नो देश फर्किएका हुन् ।
सिमामा रहने नेपालीहरुको नेपालका तीनै तहका सुरक्षा निमायले सुरक्षा दिने र उनीहरुको खाना, बस्ने सबै ब्यवस्था नेपालगन्ज उप महानगरपालिकाले मिलाउने उपमहानगर पालिकाकी उप प्रमुख उमा थापाले बताउनु भयो । अशक्त, महिला र बालबालिका गरी ९ जनालाई बिशेष अनुरोध गरि नेपाल प्रवेश दिइएको थापाले बताउनु भयो । आज क्वारेन्टायनमा राखिएका नेपालीलाई सरकारको लकडाउनको घोषणा नसकिए सम्म राखिने समेत उप प्रमुख थापाले बताउनु भयो । २५ गते लक डाउनको थप नभएर १४ दिन नपुग्दै उनीहरुलाई घर पठाईन्छ त भन्ने प्रश्नमा उप प्रमुख थापाले थप नभएर फेरी बसेर निर्णय हुने जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu