ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्युयोर्क सिटीमा कोरोनाबाट थप ३७७८ को मृत्यु घरमै भएको खुलासा


एबीसी न्यूज
३ बैशाख २०७७, बुधबार   १० : ५८   बजे

न्युयोर्क , ३ वैशाख । न्युयोर्क सिटीमा विगत केहीसातामा घरमै ३७ सय भन्दा बढीको मृत्यु भएको खुलासा भएको छ । अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु हुनेहरुको संख्या ३७ सय भन्दा बढी रहेको न्युयोर्क सिटीले जनाएको छ ।

यो संख्या सम्भावित कोरोना भाइरसको संक्रमणका कारण मार्च ११ यता घरमै ज्यान गुमाएकाहरुको संख्या हो । यस्तो निष्कर्ष बिरामीमा देखिएको लक्षणका आधारमा निकालिएको न्युयोर्कका मेयर बिल ब्लाजिओले जानकारी दिएका छन् ।

यसरी घरमै मृत्यु हुनेहरु बु्रकलिनमा ६५६ जना, क्वीन्समा ५२७ जना, म्यानहटनमा ३३५ जना र ब्रोंक्समा ३५० जना रहेका छन् । स्टेटन आईल्याण्डमा ५० जना र अन्य ९ जना समेत रहेका छन् । कुल मृतकको संख्या ३७७८ रहेको छ । ५७ जना बाहेक अरु सबै मृतकहरु ४५ बर्ष काटेकाहरु हुन् ।

सम्भावित कोरोना संक्रमण भनिएकाहरुको ल्याब परीक्षण नभएतापनि उनीहरुको मृत्यु प्रमाणपत्रमा मृत्युको कारण कोभिड १९ वा त्यस्तै लक्षण उल्लेख गरिएको छ । अब न्युयोर्क सिटीमा कोरोना सम्बन्धित मृत्यु १० हजार नाघेको छ ।

न्युयोर्क सिटीको स्वास्थ्यविभागले कोरोना संक्रमणबाट अस्पतालमा भर्ना भएर मृत्यु हुनेहरुको संख्या ६ हजार ५ सय ८९ रहेको जनाएको छ । मंगलबार दिउसो सार्वजनिक गरिएको यो तथ्यांक सोमबार बेलुका ४ बजेसम्मको हो ।

मार्च ११ यता न्युयोर्क सिटीमा अरु ८ हजार १ सय ८४ को मृत्यु भएको छ । जसको कारण भने कोरोना संक्रमण नभएको जनाइएको छ । उनीहरुको कोरोना पोजेटिभ पनि देखिएको थिएन भने मृत्यु प्रमाणपत्रमा मृत्युको कारण कोरोनासँग मिल्दोजुल्दो कारण समेत उल्लेख छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group