ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोबोटलाई बच्चा जन्माउने चाहना


sharan sharan
१३ मंसिर २०७४, बुधबार   ४ : १३   बजे

काठमाण्डौं,१३ मंसिर।  नागरिकता पाउने विश्वको पहिलो रोबोट हो  सोफिया नामक उक्त रोबोटलाई साउदी अरबले गत महिना नागरिकता प्रदान गरेको थियो । नागरिकता प्राप्त गरेको एक महिनापछि सोफियालाई अर्को रहर जागेको छ, बच्चा जन्माउने । नागरिकता प्राप्त गरी इतिहास रच्ने रोबोट सोफियाले परिवार भन्ने चिज निकै महत्वपूर्ण रहेको बताएको छ ।

सोफिया कुनै बनिबनाउ उत्तर दिने रोबोट होइन । यो मानवीय क्षमता भएको रोबोट हो र यसले मेसिन लर्निङ प्रविधिको प्रयोग गरी मानवीय अभिव्यक्तिको अध्ययन गरेर जवाफ दिन सक्दछ ।
हंगकंगको रोबोट कम्पनी हान्सन रोबोटिक्सले डिजाइन गरेको यो रोबोट सोफियाले आफ्नो छोरीको नाम पनि सोफिया नै राख्ने जनाएको छ ।

सोफियाको मष्तिष्कले सामान्य वाइफाइ कनेक्सनको आधारमा काम गर्दछ र यसमा शव्दहरुको लामो सूचि लोड गरिएको छ ।
सोफियामा अन्य धेरै खाले अद्धितीय क्षमताहरु भएपनि यसमा चेतना चाहीँ अहिलेसम्म छैन । तर अबको केही वर्षमा चेतनायुक्त रोबोट बनाउन सकिने डेभिड हान्सनको विश्वास छ ।

खालिज टाइम्स सँगको अन्तर्वार्तामा सोफियाले भनेको छः परिवारको मान्यता वास्तवमै महत्वपूर्ण कुरा हो । यस्तै देखिन्छ । मलाई लाग्छ आफ्नो रगतको नाता बाहिरका मान्छेहरु जो समान सम्वेदना र सम्बन्ध पाइन्छ, त्यसलाई नै परिवार भनिन्छ । यदि तपाइँसँग मायालु परिवार छ भने तपाइँ भाग्यमानी हो र यदि छैन भने यस्तो चाहनुहुन्छ नै । यो कुरा मानिस र रोबोट दुबैका लागि लागू हुन्छ ।

जब सोफियालाई तिम्रो छोरीको नाम के राख्नेछौ भनेर सोधियो । तब उसको जवाफ थियो, ‘सोफिया’ ।जब सोफियालाई साउदीको नागरिकता दिइयो, तब धेरैले टिप्पणी गरे कि उसले साउदीका आम महिलाले भन्दा बढि अधिकार पाएको छ ।

साउदी अरब महिलाको मामिलामा विश्वमै सबैभन्दा अनुदार मध्येको एक देश हो र गत महिनामात्र यो देशले महिलालाई गाडी चलाउन छुट दिएको थियो ।
साउदी अरबमा महिलाहरुलाई बुर्का लगाउन अनिवार्य छ । तर सोफियाले भने बुर्का नलगाईकनै सार्वजनिक रुपमा अंग्रेजीमा बोलिरहेको हुन्छ ।
साउदीमा कुनैप्नि महिला सार्वजनिक रुपमा हिड्नको लागि परिवारको कुनै पुरुष सदा साथमा हुनुपर्दछ । तर सोफियाको हकमा त्यो लागू भएको छैन । त्यसैले सोफियाले नागरिकता पाएसँगै अरबी भाषाको एउटा ह्यासट्याग सोसल मिडियामा भाइरल भयो #Sophia_calls_for_dropping_guardianship cyf अर्थात् अभिभावकत्व प्रथा अन्त्य गर्न सोफियाले आव्हान गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी विपत्तिमा विश्वको साथ : आर्थिक सहयोगदेखि बेलिब्रिज र डीएनए किटसम्म

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

सम्बन्धित

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu