ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रालयले ल्यायो नयाँ सुरक्षा रणनीति


sharan sharan
१६ मंसिर २०७४, शनिबार   १० : ३८   बजे

काठमाडौं , १६ मंसिर – सरकारले आगामी बिहिबार दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन हुने ४५ जिल्लाको सुरक्षा रणनीति परिवर्तन गर्ने भएको छ । विध्वंसात्मक तथा निर्वाचन विरोधी गतिविधि बढेपछि निर्वाचन आयोगको आग्रहमा गृहमन्त्रालयले निर्वाचन सुरक्षा रणनीति परिवर्तन गर्न लागेको हो ।

निर्वाचनको मिति नजिकिएसंगै उम्मेदवार तथा मतदाता र मतदान केन्द्रको सुरक्षा खतरा बढेको निष्कर्षसहित ४५ सै जिल्लामा उच्चस्तरको सुरक्षा व्यवस्था प्रबन्ध मिलाउने तयारी भइरहेको गृह प्रवक्ता नारायणप्रसाद शर्माले बताए ।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, म्यादी प्रहरी तथा राष्ट्रिय अनुसन्धान बिभागका गरी ३ लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गरेपनि आंतकित पार्ने गतिबिधि बढेपछि सबै निकायबीचको समन्वयमा सुरक्षा रणनीति चुस्त र दुरुस्त पार्न लागिएको हो ।
यसका लागि संयुक्त गस्तीसँगै सादा पोसाकका सुरक्षा तैनाथी बढाइने शर्माले जानकारी दिए । विभिन्न स्थानमा भएका विष्फोटको घटना, निर्वाचनमा भय पैदा गर्ने उद्देश्यले भएको भन्दै उनले यस्ता गतिबिधि नियन्त्रण गर्न सुरक्षा निकाय सक्षम रहेको उल्लेख गरे ।
हिट एण्ड रन अर्थात बम फालेर भाग्ने प्रवृत्ति पछिल्ला घटनाले पुष्टि गरेको भन्दै प्रवक्ता शर्माले यस्ता व्यक्ति र समुहको पहिचान भइसकेको दाबी गरे । पछिल्लो समय घरायसी सामाग्री प्रयोग गरी बम बनाउने क्रम बढेकाले त्यस्ता सामाग्रीको प्रयोग र ओसारपसारमा समेत कडा निगरानी गरिएको मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

किसानलाई दूधको भुक्तानी समयमै दिन सरकारका नाममा सर्वोच्चको परमादेश

लगातार रिल्स स्क्रोल गर्दा मस्तिष्कको आत्मनियन्त्रण प्रणालीमा असर पर्न सक्ने अध्ययनको निष्कर्ष

त्रिभुवन विमानस्थलबाट ७२ लाखको मोबाइल–ल्यापटपका पार्टपुर्जा र चुरोट बरामद

सभामुख अर्यालले गंगालाल अस्पतालमा गराए स्वास्थ्य परीक्षण

विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउँछौँ : सञ्चारमन्त्री तिमिल्सिना

 बैंकको नाफा चम्कियो, तर खराब कर्जा किन झन् बढ्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu