ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०० विद्यालय क्वारेन्टिनमा प्रयोग


एबीसी न्यूज
४ असार २०७७, बिहिबार   ८ : ४३   बजे


बैतडी, ४ असार ।  यहाँका २०० बढी विद्यालय क्वारेन्टिनका लागि प्रयोग गरिएको छ । भारत तथा तेस्रो मुलकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भएको हो । जिल्लाका ९५ प्रतिशत विद्यालय क्वारेन्टिमा परिणत भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । हाल २५० स्थानमा गरी छ हजार ९८९ बेडका क्वारेन्टिन रहेका छन् । उहाँले भन्नुुभयो, “खुला ठाउँ र राख्नको लागि सहज हुने भएको विद्यालयमा बढीजसो क्वारेन्टिन निर्माण गरिएका हुन् ।” यस्तै केही स्वास्थ्यचौकी, सामुदायिक भवनमा पनि क्वारेन्टाइन बनाइएका छन् ।

यस्तै चार स्थानमा ३६ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिनुभयो । भारतलगायत अन्यत्रबाट विभिन्न समयमा आउने र सबैलाई एउटै भवनमा राख्दा जोखिम बढ्ने भएकाले विद्यालय नै उपयुक्त भएकाले राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा हाल तीन हजार जना क्वारेन्टिनमा बसिरहेका छन् ।

त्यस्तै कोरोना सङ्क्रमित थपिन सक्ने भन्दै पूर्वतयारीस्वरुप बैतडीमा कम्तीमा २०० बेडको आइसोलेसन कक्ष बनाइँदैछ । कोरोना सङ्क्रमित थपिन सक्ने भन्दै जिल्लामा आइसोलेसन बेडको सङ्ख्या बढाउँदै लगिएको हो । जिल्लामा २७ सङ्क्रमित र ४०० बढीको आरडिटी पोजेटिभ आएर रिपोर्ट आउँन बाँकी छ । पिसिआर रिपोर्ट आउँन बाँकीमा कोरोना पुष्टि भइहाले पनि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा राख्ने तयारीका साथ आइसोलेसनमा बेडको सङ्ख्या बढाउन लागिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक स्थानीय तहमा कम्तीमा २० बेड क्षमता भएका आइसोलेसन बनाउन पत्राचार गरिएको छ ।”

कोरोना भाइरस जोखिम नियन्त्रण तथा रोकथाम जिल्लास्तरीय समन्वय समितिको बैठकबाट निर्णय भएबमोजिम आइसोलेसन निर्माण गरिने लागिएका हुन् । जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गरिएको र धेरैले निर्माण प्रक्रिया पनि शुरु गरिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमित थपिन सक्ने भएकाले पूर्वतयारीस्वरुप पालिकामा आइसोलेसन वार्ड निर्माणका काम भइरहेको छ ।” बैतडीका विभिन्न स्थानमा गरी यसअघि ३२ बेडको मात्रै आइसोलेसन रहेको छ । हालसम्म जिल्लाका २७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group