ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोटे समुदायमा छैन चुनावी रौनकता


admin
१८ मंसिर २०७४, सोमबार   १ : २१   बजे

पाल्पा, १८ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन केही दिन मात्र बाँकी रहँदा पाल्पाका बोटे समुदायमा अझै चुनावी चहलपहल देखिएको छैन ।

आगामी मंसिर २१ गते हुने निर्वाचनमा दलका नेता कार्यकर्ता भोट माग्दै सभा, सम्मेलन र घरदैलोमा जुट्दा पुख्र्यौली पेसामै जीवन निर्वाह गर्ने बोटे समुदायमा चुनावी उत्साह नै छैन ।


पाल्पाको बग्नासकाली गाउँपालिका–७, दैलातुङका बोटे समुदायमा चुनावभन्दा साँझ बिहान छाक कसरी टार्ने भन्ने निकै चिन्ताले सताइरहको छ । कालीगण्डकी नदीबाट डुंगा तारेर दैनिक गुजारा चलाउँदै आएका बोटे समुदाय सो नदीमा पुल बनेपछि आयआर्जनको स्रोत गुमेकाले समस्यामा परेका हुन् ।

बोटे समुदायका मानिसले दलका स्थानीय तहका नेतासँग गाँस बाँस र कपास नै आफूहरुको पहिलो मुद्दा रहेको बताउँदै आएका थिए । दलका प्रभावशाली नेतालाई बोटे बस्ती कस्तो छ भन्ने नै थाहा छैन ।
डुंगा चलाउने पेशाबाट विस्थापित भएपछि बग्नासकाली दैलातुङ्गका १७ घर बोटे परिवारका नाना चाचा र पालनपोषणका लागि खर्च जुटाउन ज्याला मजदुरी गनुपर्ने वा भारत जानुपर्र्ने बाध्यता रहेको बाटे समुदायका अगुवा गजवीर बोटेको दुखेसो छ ।

चुनाव नजिकिँदै गर्दा माग्न पुगेका सबै दलका नेता तथा कार्यकर्ताले आश्वासन बाहेक उनीहरूसंग प्रत्यक्ष भेटका पनि छैनन ।
चुनाव जितेपछि उम्मेदवार गाउँ नै नपस्ने गरेकाले अब हुने निर्वाचनमा कसलाई भोट दिने भन्नेमा उनीहरू अन्यौलमै छन् ।
जिल्लामा बगनासकाली, रम्भा गाउँपालिका र रामपुर नगरपालिकाभित्र बोटेको बस्ती छ । विसं २०६८ को जनगणनाअनुसार पाल्पामा बोटेको संख्या ८०२ पुगेको थियो, तीमध्ये पुरुष ३६१ महिला ४४२ जना थिए । पाल्पाको कूल जनसंख्याको ०.३१ बोटे छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group