ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ खोपको क्लिनिकल परीक्षण सफल भएको रूसको दावी


एबीसी न्यूज
२९ असार २०७७, सोमबार   ७ : ०९   बजे


काठमाडौं, २९ असार । रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

“खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’का सवयम्सेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ,” इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका निर्देशक वादिम तारासोभलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ ।

क्लिनिकल अध्ययनका लागि औषधी दिइएका स्वयम्सेवकहरूको पहिलो समूहलाई अध्ययनपछि यही बुधबार ९ जुलाई १५० मा डिस्चार्ज गरिने र अर्को समूहलाई पाँच दिनपछि जुलाई २० डिस्चार्ज गरिने उहाँले बताउनुभयो ।

“उक्त विश्वविद्यालयले रूसकै ‘गमलेई इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजी’ संस्थाले जून १८ मा निर्माण गरेको खोपको क्लिनिकल परीक्षण गरेको हो । सेचेनोभ विश्वविद्यालयले कोरोनाभाइरसविरूद्ध विश्वको पहिलो खोपको स्वयम्सेवकमा सफलतापूर्वक परीक्षण पूरा गरिसकेको छ,” तारासोभले भन्नुभयो ।

“यो चरणको अध्ययनको उद्देश्य मानव स्वास्थ्यमा खोपको सुरक्षालाई पुष्टि गर्नु रहेको र यो सफलतापूर्वक सम्पन्न भएको छ,” सेचेनोभ विश्वविद्यालयको ‘इन्स्टिच्युट अफ मेडिकल प्यारासाइटोलोजी, ट्रपिकल एण्ड भेक्टर–वर्न डिजिजेज’का निर्देशक अलेकज्याण्डर लुकाशेवले भन्नुभयोे ।

स्पुटनिकले लुकाशेभलाई उद्धृत गर्दै लेखेको छ, “खोपको सुरक्षाको पुष्टि भैसकेको छ । यसले हाल बजारमा रहेका अन्य खोपले जस्तै सुरक्षाको प्रत्याभूत गर्छ ।”

लुकाशेभको दावी छ, “खोपको थप विकास योजना भाइरसको महामारीको जटिलता र उत्पादन बढाउने सम्भावनासहित विकासकर्ताको रणनीतिले पहिले नै निर्धारण गरिसकेको छ ।”

महामारीको समयमा सेचेनोभ विश्वविद्यालयले शैक्षिक संस्थाको रूपमा मात्र नभई औषधिजस्ता महत्वपूर्ण र जटिल अत्पालनहरूको निर्माणमा भाग लिन सक्षम हुने वैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रको रूपमा पनि काम गरिसकेको छ । ताराशेभले भन्नुभयो, “हामीले यस खोपको क्लिनिकल अध्ययनभन्दा पहिले ९प्रिक्लिनिकल० तथा प्रोटोकल निर्माण र हाल भइरहेको क्लिनिकल परीक्षणमा सहकार्य गरेका थियौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu