ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प असक्षम नेता भएको बाइडेन र ह्यारिसको आरोप


एबीसी न्यूज
२९ श्रावण २०७७, बिहिबार   ९ : ००   बजे

एजेन्सी – अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन र कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्प असक्षम नेता भएको आरोप लगाएका छन् ।

ट्रम्प असक्षम हुँदा अमेरिका ‘धुजाधुजा’ हुँदै गएको उनीहरुले आरोप लगाएका छन् । अमेरिकाको डेलवरस्थित विल्मिङ्गटनमा भएको चुनावीसभामा बोल्दै बाइडेन र ह्यारिसले ट्रम्पको चर्को आलोचना गरेका हुन् ।

पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदवार चयन भएलगत्तै गृहराज्य डेलबेयरमा आयोजित प्रचार अभियानमा उनले ट्रम्पको आलोचना गरेकी हुन्। डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार जो बाइडन र उनले संयुक्त रुपमा प्रचारअभियान सुरु गरेका हुन्।

त्यस अवसरमा ह्यारिसले ट्रम्पलाई आफूलाई चुनेर पठाएका जनताको भन्दा आफ्नै चिन्ता रहेको बताइन्। ‘हामीलाई अर्थव्यवस्था, स्वास्थ्य, बालबालिकालगायतको चिन्ता छ, तर ट्रम्पका कारण यी सबै चिज संकटमा छन्,’ उनले भनिन्। जो बाइडनले पनि ट्रम्प इतिहासमै सबैभन्दा बढी आलोचित भएको बताए। उनले कोरोना महामारी, जलवायु परिवर्तन, बेरोजगारी मुद्दामा ट्रम्प विभाजनकारी र नश्लीय भएको भन्दै आलोचना पनि गरे।

पूर्वउपराष्ट्रपति रहेका बाइडेनले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको सामना गर्ने छन् भने ह्यारिसले उपराष्ट्रपति पदको उम्मेदवारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group