ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्याक्सिनको लागि हतार गर्दा के भएको थियो १९७६ मा ?


एबीसी न्यूज
२९ श्रावण २०७७, बिहिबार   १ : ३८   बजे

काठमाडौं, २९ साउन  । अहिले कोरोनाबिरुद्धको भ्याक्सिनको उत्पादनको होडबाजी चलिरहेको छ । भ्याक्सिन उत्पादनमा को अगाडि हुने भन्ने होडबाजी समेत देखिएको छ । रसियाले त बृहत क्लीनिकल परीक्षण विना नै भ्याक्सिनलाई स्वीकृति दिइसकेको छ ।

सन् १९७६ मा यस्तै हतारमा भ्याक्सिन जारी गरिएको थियो, जुन पछि पूर्णरुपमा असफल भएका कारण रोक्नुपर्ने अवस्था आएको थियो । त्यतीबेला अमेरिकाका राष्ट्रपति थिए, जेराल्ड फोर्ड । उक्त बर्षको सुरुतिर न्युजर्सीमा रहस्यमय स्वाइन फ्लुको नयाँ संक्रमण देखा परेको थियो ।
संक्रमणबाट सुरुमा एकजनाको मृत्यु भयो भने कैयन बिरामी भए । मुलुकका उच्च संक्रमण रोग विशेषज्ञहरु आत्तिए । १९१८ को फ्लु विश्वले भोगिसकेका कारण मान्छेहरु आत्तिएका थिए । त्यसपछि राष्ट्रपतिले पोलियो भ्याक्सिनका लागि काम गरेका वैज्ञानिकसँग सरसल्लाह गरे । मार्चको अन्तिमतिर उनले भ्याक्सिन उत्पादन र वितरणको योजना घोषणा गरे ।

यथाशक्य भ्याक्सिन उत्पादन गरेर हरेक अमेरिकनलाई भ्याक्सिन दिने घोषणा गरियो । किनभने स्वाइन फ्लुको नयाँ स्वरुपले कस्तो खालको महामारीको रुप लिने हो भन्नेबारेमा अन्यौल थियो । भ्याक्सिनबारे दु्रत गतिमा काम भइरहेको थियो । सन् १९७६ को जुनमा एउटा भ्याक्सिन उत्पादक कम्पनीले २ मिलियन डोज उत्पादन गर्यो । तर पछि यो गलत स्ट्रेनको प्रयोग गरेर उत्पादन गरिएको पुष्टी भयो ।

राष्ट्रपति फोर्डले भ्याक्सिन कार्यक्रम निरन्रता दिन घोषणा गरे । बर्षा ऋतुसम्म हरेक दिन एक मिलियनलाई भ्याक्सिन दिने योजनाका साथ काम सुरु गरियो । मध्य अक्टोबरसम्म भ्याक्सिन लगाउने काम जारी थियो । राष्ट्रपति फोर्डले पनि ह्वाइटहाउसका डाक्टरबाट भ्याक्सिन लगाए ।

तर लगत्तै समस्याहरु बढ्न थाले । भ्याक्सिनकै कारण कैयनको मृत्यु भएका खबरहरु आउन थाले । गुइलेन बर्रे सिन्ड्रोमहरु पनि देखिन थाले । तनावको वातारण श्रृजना भएपछि कैयन राज्यहरुले भ्याक्सिनको कार्यक्रम नै स्थगित गर्नुपरेको थियो ।

डिसेम्बरसम्म भ्याक्सिनका कारण ९४ जनालाई प्यारालाइसिस भयो । त्यसपछि भ्याक्सिनको सम्पूर्ण कार्यक्रम नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । डाक्टर र राजनीतिज्ञहरुबीच आरोप प्रत्यारोप सुरु भयो । फोर्डले आफ्नो राजनीतिक फाइदाका लागि लापरवाहीपूर्ण काम गरेको आरोप लगाइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu