ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ट्रम्प नेतृत्व गर्नमा असफल’ – कमला ह्यारिस


एबीसी न्यूज
४ भदौ २०७७, बिहिबार   १ : ०८   बजे

काठमाडौं, ४ भदौ ।  कमला ह्यारिसले उपराष्ट्रपति पदको लागि डेमोक्र्याटिक पार्टीको उम्मेदवारीलाई स्वीकार गर्नुभएको छ । योसँगै उहाँ कुनै मुख्य पार्टीबाट उपराष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो अश्वेत र दक्षिण एसियाली मूलकी महिला बन्नु भएको छ ।

उहाँले आफ्नो भाषणको क्रममा आफूलाई भारत र जमैकाका आप्रवासीहरुको छोरी बताउनुभएको छ । भाषणकै क्रममा उहाँले ‘ट्रम्पको चार वर्षका विभाजनकारी यात्रापछि समावेशीको सिद्धान्तलाई फेरि स्थापति गर्नका लागि प्रयास गर्ने’ बताउनुभएको छ ।

गएको हप्ता डेमाक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार बनेका जो बाइडनले भारतीय मूलकी सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार छान्नु भएको थियो ।

बाइडन र ह्यारिस आउँदो ३ नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई चुनौती दिने तयारीमा छन् ।

डेमोक्र्याटिक नेशनल कमिटीको सम्मेलनमा क्यालिफोर्नियाबाट सिनेटर कमला ह्यारिसले आफ्नो भाषणमा डोनाल्ड ट्रम्पलाई असफल नेताको संज्ञा दिनुभएको छ । ‘ट्रम्प नेतृत्व गर्नमा असफल’ भएको उहाँले बताउनुभयो ।

कमलाले ट्रम्पलाई निसाना बनाउँदै भन्नुभएको छ, ‘उनी हामीमाथि आइलागेको आपत्लाई राजनीतिक हतियारमा परिवर्तन गरिदिन्छन् ।’

डेलाभेयरमा डोनाल्ड ट्रम्पको गृह नगर विलमिङ्गटनको एक होटलमा भएको कार्यक्रममा कमलाले भन्नुभयो, ‘हामी एक महत्त्वपूर्ण मोडमा उभिएका छौँ ।’

‘लगातार भइरहने उथलपुथलले हामीलाई भड्काउने गर्छ । अयोग्यताका कारण हामीभित्र डर उत्पन्न हुन्छ । रुखोपनाले हामीलाई एक्लो बनाउँछ । कुरा के हो भने हामी अझै राम्रो गर्न सक्छौँ र निकै धेरैको हकदार छौँ’, उहाँले भन्नुभयो ।

साथै उहाँले अश्वेत व्यक्तिमाथि कोरोना भाइरसको धेरै प्रभावदेखि लिएर पछिल्लो महिनायता देशभर भएको नस्लभेद विरोधी प्रदर्शनको खुलेर कुरा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group