ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतिय पूर्व राष्ट्रपति प्रणब मुखर्जीको ८४ वर्षको उमेरमा निधन


एबीसी न्यूज
१५ भदौ २०७७, सोमबार   ६ : २२   बजे

काठमाडौं, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।  ८४ वर्षको उमेरमा भारतको आर्मी रिसर्च एण्ड रिफ्रल अस्पतालमा सोमबार मुखर्जीको निधन भएको हो । प्रणव मुखर्जी कोरोना भाइरस पोजेटिभ समेत देखिएको थियो । प्रणब मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति हुनु भएको थियो । उहा“लाई सन् २०१९ मा भारत रत्न सम्मान समेत हुनु भएको थियो । ब्रेन सर्जरीपछि उनी केही समयदेखि अस्पतालमा भर्ना हुनु भएको थियो ।

झन्डै पा“च दशक भारतीय कांग्रेसमा रहेर सक्रिय राजनीति गरेका मुखर्र्जी सात पटक सांसदमा निर्वाचित हुनुभएको थियो । राजनीतिमा आउनुअघि उहा“ले शिक्षण र पत्रकारिता पेसा गर्नुभएको थियो । मुखर्जी सन् १९६९ मा राज्यसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपछि लगातार उनी चारपटक राज्यसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सन् २००४ मा भने पश्चिम बंगालको जांगीपुर क्षेत्रबाट उहा“ लोकसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सन् २००९ मा त्यसै क्षेत्रबाट उहा“ पुनः निर्वाचित हुनुभएको थियो । मुखर्जी सन् १९७२ मा इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्री बन्नु भएको थियो ।

उहा“ले अर्थ, वाणिज्य, विदेश तथा रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्र्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बन्नुभएको थियो । पूर्व राष्ट्रपति प्रणब मुखर्जी नेपालका पनि अन्यन्त नजिकका शुभचिन्तक हुनुहुन्थ्यो ।

यस्तैबीच भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले मुखर्जीको दुःखद् निधनबाट आफू मर्माहत भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार तथा व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । उहा“को निधनबाट नेपालले एक असल मित्र गुमाएको समेत राष्ट्रपति भण्डारीले उल्लेख गर्नु भएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group