ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडेन आरोप–प्रत्यारोपमा उत्रिए (यस्तो छ आरोप)


एबीसी न्यूज
१६ भदौ २०७७, मंगलबार   १ : ०७   बजे

काठमाडौं, १६ भदौ । अमेरिकाको पोर्टल्यान्डमा भएका हिंसात्मक प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडेन चर्को आरोप–प्रत्यारोपमा उत्रिएका छन् । ट्रम्पले पोर्टल्यान्डका मेयर टेड विलरलाई ‘सहरमा मृत्यु र विध्वंसको बाटो खोलेको’ आरोप लगाएका छन् । विलर डेमोक्र्याट पार्टीका हुन् ।

अमेरिकाको ओरिगन राज्यस्थित पोर्टल्यान्डमा गरिएको प्रदर्शनका सहभागीलाई नियन्त्रणमा लिँदै प्रहरी ।
त्यसको जवाफमा बाइडेनले राष्ट्रपति ट्रम्पले ‘गैरजिम्मेवार तरिकाले हिंसालाई प्रोत्साहन गरेको तथा अमेरिकामा घृणा र विभाजनको आगो सल्काएको’ आरोप लगाए ।

अमेरिकामा शनिबार राष्ट्रपति ट्रम्पका समर्थक र ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानका सहभागीबीच हिंसात्मक झडपहरू भएका थिए । त्यस क्रममा एक जना श्वेत प्रदर्शनकारी मारिएका थिए ।

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि पोर्टल्यान्ड प्रहरी बर्बरता र रंगभेदविरोधी प्रदर्शनको केन्द्र बनेको छ । पोर्टल्यान्डमा करिब ३ महिनादेखि नियमितजसो प्रदर्शनहरू हुँदै आएका छन् ।

मिनिसोटा राज्यको मिनियापोलिस प्रहरीले नियन्त्रणमा लिएका फ्लोइड मे २५ मा मारिएपछि ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियन्ताहरू विरोधमा उत्रिएका हुन् ।

राष्ट्रपति ट्रम्पले आइतबार चरणबद्ध रूपमा ट्वीट गर्दै ‘मूर्ख मेयरका कारण पोर्टल्यान्डले कहिल्यै पुरानो स्वरूप नपाउने’ बताएका थिए । त्यसका साथै उनले पोर्टल्यान्डमा संघीय सुरक्षा फौज परिचालन गर्नेबारे विचार गरिरहेको बताए । बाइडेनले ‘अपराधविरुद्ध बोल्न नचाहेको’ ट्रम्पको आरोप छ ।

राष्ट्रपतिको भनाइपछि एक विज्ञप्ति जारी गर्दै बाइडेनले ट्रम्प निकै कमजोर भएको प्रतिक्रिया दिए । ‘कानुनी राजबारे ट्वीट गरेर ट्रम्प आफूलाई बलियो देखाउन सकिन्छ भन्ने ठान्छन् । तर आफ्ना समर्थकलाई द्वन्द्व रोक्न आह्वान गर्न नसक्नुले नै उनी कति कमजोर छन् भन्ने प्रस्ट हुन्छ ।’

त्यस्तै, एक पत्रकार सम्मेलनका अवसरमा पोर्टल्यान्डका मेयर टेड विलरले समेत राष्ट्रपति ट्रम्प ‘अमेरिकाको आधुनिक इतिहासमा देशलाई सबैभन्दा बढी विभाजन गर्न खोज्ने व्यक्ति भएको’ आरोप लगाएका छन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा पुन : निर्वाचित हुन कानुनी शासनलाई मुख्य हतियार बनाएका ट्रम्पले डेमोक्र्याटहरू आपराधिक गतिविधिमा निकै नरम भएको बताउँदै आएका छन् । तर डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पको शासनकालमा हिंसा झन् बढेको दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group