ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानको नयाँ प्रधानमन्त्री योशिहिडे सुगा बन्‍ने निश्‍चित


एबीसी न्यूज
२९ भदौ २०७७, सोमबार   १ : १०   बजे

टोक्यो, २९ भदौ । जापानी मन्त्रिपरिषद्मा प्रमुख सचिव योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सोमबार सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी) ले सुगालाई संसदीय दलको नेतामा चयन गरेसँगै उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

सत्तारुढ दलका सांसदहरुबीच भएको मतदानमा सुगा स्पष्ट मतसहित संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वीमा पूर्वरक्षामन्त्री शिगेरु इशिबा र पूर्वविदेशमन्त्री फुमियो किशिदा रहेका थिए । सुगाले ३७७ मत प्राप्त गर्दा किशिदाले ८९ र इशिबाले ६८ मत प्राप्त गरे । संसदीय दलको नेता छान्नका लागि एलडीपीका ३९४ सांसद, स्थानीय च्याप्टरका १४१ डेलिगेट्स र पार्टीका वरिष्ठ नेताहरुले मतदान गरेका थिए ।

गत अगस्ट २८ मा शिन्जो आबेले स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएपछि जापानका नयाँ प्रधानमन्त्री चुन्नका लागि सत्तारुढ दलमा निर्वाचन भएको हो । आबेको राजीनामापछि उनीनिकट नेता मानिने सुगा नै संसदीय दलको नेतामा निर्वाचित हुने अपेक्षा गरिएको थियो । बुधबार प्रधानमन्त्रीका लागि संसदमा चुनाव हुनेछ ।

तर जापानी संसद्मा एलडीपीको बहुमत भएकाले त्यो चुनाव औपचाकिता मात्रै हुनेछ ।आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदै थियो । सन् २०२१ को अक्टोबर २१ भन्दा अघि नै जापानमा आम चुनाव सम्पन्न गरिसक्नुपर्छ । त्यसैले सुगा कम्तीमा पनि आउँदो चुनावसम्म जापानको प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu