ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको स्वास्थ्य जोखिममा ! पछिल्लो २४ घण्टामा चिन्ताजनक


एबीसी न्यूज
१८ आश्विन २०७७, आइतबार   ७ : १३   बजे

काठमाडौं, १८ असोज । केहिदिन अघि सम्म कोरोना भाइरस केही होइन भन्दै मास्क समेत नलगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिवेला कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लडिरहेका छन् । कोरोना संक्रमण देखिएसँगै वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनको उपचार भइरहेको छ ।

ट्रम्पका डाक्टर सिन कोन्लीले अबको केही दिन ट्रम्पका लागि महत्वपूर्ण भएको बताएका छन् । कोन्लीका अनुसार ट्रम्पमा कोरोनाको संक्रमण दोस्रो चरणमा छ । यसअघि शनिबार साँझ ट्रम्प आफैंले ट्वीटरमा एउटा भिडियो पोस्ट गर्दै आफूलाई निको हुँदै गएको र अबको केही दिनमा कोरोना विरुद्धको लडाइँको वास्तविक परीक्षण हुने बताएका थिए । कोरोनाको संक्रमितको उपचार गरिरहेका डाक्टरहरुले पनि अबको तीनदेखि पाँच दिन ट्रम्पका लागि सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् । कोरोनाको लक्षण देखिएको केही दिनपछि मानिसको प्रतिरोधी प्रणालीले कोरोनासँग सबैभन्दा महत्वपूर्ण लडाइँ लड्ने जानकारहरुको भनाइ छ । यो लडाइँ घातक पनि हुन सक्ने उनीहरु बताउँछन् ।

भेन्डरबिल्ट युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ डाक्टर विलियम स्क्याफ्नरका अनुसार कोरोना लागेको केही समयसम्म संक्रमित सही अवस्थामा देखिन्छ तर त्यसपछि भने अवस्था बिग्रिँदै जान सक्छ । ‘यदि प्रतिरक्षा प्रणालीले सहीरुपमा कोरोना भाइरसलाई निशाना बनाउन सकेन भने मानिसको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै जान्छ,’ उनले भने । शनिबार ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मिडोजले राष्ट्रपतिको अवस्था पछिल्लो २४ घण्टामा चिन्ताजनक रहेको र उनको उपचारको दृष्टिले हेर्दा अबको ४८ घण्टा निकै संवेदनशील रहेको बताए । ट्रम्पको स्वास्थ्यमा पूर्ण सुधारको विषयमा आफूहरु अझै स्पष्ट नरहेको उनको भनाइ छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार अस्पताल लगिनुभन्दा अगाडि उनलाई अक्सिजन चढाइएको थियो । कोरोना संक्रमणको सुरुआतमा शरीरले प्रयोग गर्ने प्रतिरक्षा प्रणालीले केसँग लड्नुपर्ने हो भन्ने कुरा थाहा नपाउने मायो क्लिनिक भ्याक्सिन रिसर्च ग्रुपका डाक्टर ग्रेग पोल्याण्ड बताउँछन् । यस किसिमको प्रतिरक्षा प्रणालीलाई इननेट इम्युन सिस्टम भनिन्छ ।

प्रतिरक्षा प्रणालीले आफैँ भाइरसलाई पत्ता लगाएर निसाना बनाउन सक्नु निको हुनको लागि महत्वपूर्ण हुन्छ । यसलाई एडप्टिभ इम्युन सिस्टम भनिन्छ । स्वास्थ्य अवस्था गम्भीर हुन नदिनको लागि इननेट र एडप्टिभ इम्युन सिस्टम सन्तुलनमा हुनुपर्छ । कोरोनाकै कारण मात्र पनि जटिलता बढ्दैन । मानिसको स्वास्थ्यमा जटिलता बढ्नुको एक कारक उमेर पनि हो । उमेर बूढो हुँदै गएपछि शरीरमा एडप्टिभ इम्युन सिस्टम सक्रिय पार्नमा सफल हुने सम्भावना पनि कम हुन्छ । जून महिनामा ट्रम्प ७४ वर्ष पूरा भएका छन् । यो उमेरका मानिसलाई कोरोनाको जोखिम २० को दशकका मानिसलाई भन्दा ९९० गुणा बढी हुने अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को तथ्यांक छ ।

आइतबार साँझसम्ममा सार्वजनिक भएको सूचनाले भने अहिलेसम्म उनको स्वास्थ्यमा कत्तिको सुधार आयो भन्ने कुरा पत्ता लगाउन नसकिने जानकारहरु बताउँछन् । यद्यपि उनको ज्वरो कम हुनु सुखद संकेत रहेको चिकित्सकहरुको भनाइ छ । तर यसैको आधारमा उनी पूर्णरुपमा जोखिमभन्दा बाहिर छन् भन्न सकिने अवस्था भने छैन ।

साउन चाईना मर्निङ पोष्टको नेपाली अनुवाद

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group