ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिसमा शिक्षकको शीर छेदन गरि हत्या


एबीसी न्यूज
१ कार्तिक २०७७, शनिबार   ७ : ४८   बजे
काठमाडौं, १ कात्तिक । फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको शीर छेदन गरी हत्या भएको छ ।

स्थानीय समयअनुसार शुक्रबार साँझ करिब पाँच बजेतिर एक व्यक्तिले चक्कुले शिक्षकलाई आक्रमण गर्दै शीर छेदन गरेको बीबीसीले जनाएको छ ।

प्रहरीले आक्रमणकारीलाई गिरफ्तार गर्न नसकेपछि गोली हान्नु परेको थियो । आक्रमणकारीको नाम खुलाइएको छैन ।फ्रान्सको सरकार र संसदले यो आक्रमणलाई आतंकवादी आक्रमण भनेका छन् । ती शिक्षकले आफ्ना विद्यार्थीहरुलाई फ्रेन्च पत्रिका शार्लि एब्दोमा छापिएको पैगम्बर मोहम्मदको कार्टन देखाएका थिए ।

त्यही कारण आक्रमण भएको हो वा अन्य कारण हो खुलेको छैन । फ्रान्सका शिक्षामन्त्री ज्याँ माइकल ब्लेकरले ट्वीट गरेर शिक्षकको हत्या फ्रान्समाथि गरिएको आक्रमण भएको बताएका छन् ।

उनले यो आक्रमण आतंकवादी भएको टिप्पणी गरेका छन् । मृतकका परिवारमा समवेदना व्यक्त गर्दै शिक्षामन्त्री ब्लेकरले भनेका छन्, ‘इस्लामिक आतंकवादविरुद्धको लडाइँको जवाफ केबल एकता र दृढताबाट मात्र दिन सकिन्छ ।’ फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले घटनास्थलको भ्रमण गरेका थिए । घटनास्थल अवलोकन गरेपछि उनले क्राइसिस सेन्टर पनि बनाइएको छ ।

फ्रान्सको सांसदहरुले मौनधारण गर्दै मृतक शिक्षकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । फ्रान्सको संसदले यस आक्रमणलाई ‘बर्बर आतंकवादी हमला’ भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group