ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावको मुखमा ट्रम्पलाई अर्को झट्का, बलात्कारको मुद्दा अघि बढ्ने


एबीसी न्यूज
१२ कार्तिक २०७७, बुधबार   ११ : १२   बजे

काठमाडौं, १२ कात्तिक चुनावको मुखमा ट्रम्पलाई अर्को झट्का, बलात्कारको मुद्दा अघि बढ्ने अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहेको अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झट्का लागेको छ । राष्ट्रपति ट्रम्पमाथि लागेको बलात्कार अभियोगको बचाउ प्रयासमा न्याय विभाग असफल भएपछि उनीमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको हो । एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरिदिएका छन् । कोलमिस्ट इ जिन कारोलले ट्रम्पमाथि बलात्कारको अभियोग लगाएकी थिइन् ।

कारोलको आरोपले ट्रम्पको मानहानी भएको भन्दै न्याय विभागले संघीय अदालतमा बचाउका लागि मुद्दा हालेको थियो । तर संघीय अदालतले त्यसलाई खारेज गरिदिएपछि ट्रम्पमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको छ । ट्रम्पले सन् १९९० को दशकमा म्यानहटनको एक डिपार्टमेन्ट स्टोरमा आफूमाथि यौन दुर्व्यवहार गरेको कारोलको आरोप छ ।

उनले राष्ट्रपति ट्रम्पले आफ्नो मानहानी गरेको समेत मुद्दामा उल्लेख गरेकी छन् । ट्रम्पले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । अमेरिकी न्याय विभागले ट्रम्पको सट्टा आफैंले मानहानीको मुद्दा दायर गरेको थियो ।

जसलाई लिएर न्याय विभागको समेत आलोचना भइरहेको छ । तर म्यानहटनको संघीय जिल्ला अदालतका न्यायाधीश लेविस काप्लानले कानून अनुसार अमेरिकी राष्ट्रपति कर्मचारी नभएको भन्दै मुद्दा खारेज गरिदिएका हुन् । सन् २०१९ को नोभेम्बरमा ट्रम्पका व्यक्तिगत वकिल मार्क कासोविट्जले न्यूयोर्क स्टेट कोर्टमा मुद्दा दायर गरेका थिए । तर न्याय विभागले संघीय अदालतमा सो मुद्दालाई ल्याएर राज्यकै पक्षबाट ट्रम्पको बचाउमा लागेको थियो । अब सो मुद्दा खारेज भएपछि ट्रम्पमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group