ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतसँगको सीमा विवादबाट अमेरिका टाढा रहनुपर्छ -चीन


एबीसी न्यूज
१३ कार्तिक २०७७, बिहिबार   ४ : ५०   बजे

काठमाडौं – चीनले भारतसँगको सीमा विवादबाट अमेरिका टाढा रहनुपर्ने बताएको छ । भारत र चीनले लद्दाखको सीमामा तनाव कम गर्न कोर कमान्डर तहमा आठ चरणमा छलफल गर्ने तयारी गरिरहेको छ । यद्यपि अझै पनि सीमामा यथास्थिति बहाल भइसकेको छैन । वास्तविक नियन्त्रण रेखामा अझै तनावको स्थिति छ ।

चीनियाँ कम्युनिस्ट सरकारको मुखपत्र भनेर चिनिने एक अंग्रेजी पत्रिका ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, “केही मानिसलाई लाग्दै छ कि संयुक्त राज्य अमेरिका र भारतबीचको सैन्य साझेदारीले नयाँ मोड लिइरहेको छ तर यो केवल मनोवैज्ञानिक र अस्थायी हो । भारत र अमेरिकाबीचको यो सम्झौता प्रभावकारी साबित हुने छैन । चीनले यस विषयमा चिन्ता लिनु पर्दैन । चीन योबाट ब्ल्याकमेल हुनु भएन ।”

ग्लोबल टाइम्स अगाडि लेख्छन्, “भारतलाई लामो समयदेखि चीनबारे रणनीतिक शंका छ । हालैको सीमा विवादले यसलाई झनै गहिरो बनाएको छ । तर भारतले अमेरिकासँग सम्बन्ध बढाएर चीनको सीमामा प्रतिस्पर्धा गर्न सक्दैन । अमेरिकासँग नजिकको सम्बन्ध बढाएर भारतले चीनलाई मनोवैज्ञानिक दबाब दिन खोजिरहेको छ तर गलवान उपत्यकादेखि पैंगोग तालसम्म यो कुरा सही साबित हुँदैन ।”

अमेरिकाले आफ्नो निकट सहयोगी अस्ट्रेलियालाई चीनसँग व्यापारिक सम्बन्ध असर बनाउनुपर्छ । यदि अमेरिका यी सबै गर्न सक्षम हुन्छ भने मात्रै विश्वलाई लाग्नेछ कि अमेरिका चीनसँगको सम्बन्धको समीक्षा गरिरहेको छ ।”

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको पोम्पियोको भारत र श्रीलंका यात्रा समस्या बढाउनका लागि नभई सम्मानजनक र लाभदायक हुनुपर्नेमा चीनको जोड छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो भारतपछि अक्टोबर २८ मा श्रीलंका पुगेका थिए । त्यहाँ उनले चीनको कम्युनिस्ट सरकारलाई ‘हिस्रक जनावर’ को संज्ञा दिए । पोम्पियोको यस टिप्पणीपश्चात त्यहाँका राष्ट्रपति गोटाभाया राजपक्षेले सफाइ नै दिए । श्रीलंकी राष्ट्रपतिले ट्‌विटरमा अमेरिकी विदेशमन्त्री पोम्पियोलाई ट्याग गर्दै लेख्छन्, “श्रीलंका आफ्नो विदेशी नीतिमा सधैं तटस्थ छ र हामी शक्तिशाली देशबीचको असमझदारीमा पर्न चाहन्‍नौं ।

माइक पोम्पियोको उक्त टिप्पणीमा कोलम्बोस्थित चिनियाँ दूतावासले पनि कडा आपत्ति जनाउँदै लिखित बयान जारी गरेको छ । चिनियाँ दूतावासले बयानमा “श्रीलंका-चीन आपसी सम्बन्धलाई अगाडि बढाउन सक्षम छ । यसका लागि यी दुई देशलाई कुनै तेस्रो देशको सल्लाहको आवश्यकता छैन ।”

यसअघिको भारत भ्रमणका क्रममा पनि पोम्पियोले चीनबारे धेरै कुरा भनेका थिए । भारतमा हुँदा उनले चीनसँगको सीमा विवादको विषयमा भारतको साथमा अमेरिका उभिएको भन्दै आफूलाई यो मुद्दामा एक्लो महसुस नगर्न ढाडस दिएका थिए । माइक पोम्पियो र अमेरिकी रक्षामन्त्री मार्क एस्परको भारत भ्रमणबारे चीनका विदेश मन्त्रालयले पनि २८ अक्टोबरमा बयान दिए ।

चिनियाँ विदेश मन्त्रालयले बुधबार २८ अक्टोबर बयानमा अमेरिकी विदेशमन्त्रीले फेरि पनि झुटो बोल्दै अन्तर्राष्ट्रिय सम्बन्धको मापदण्डहरुको उल्लंघन गरेको आरोप लगाए । यसका साथै मन्त्रालयले भारतसँगको सीमा विवाद द्विपक्षीय मुद्दा भएकाले तेस्रो पक्षको हस्तक्षेपको लागि कुनै ठाँउ नभएको बताए । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले भने, “म स्पष्ट पार्न चाहन्छु कि सीमा विवाद भारत र चीनबीचको विषय हो । यसमा तेस्रो पक्षको लागि कुनै ठाउँ छैन । अहिले सीमाको स्थिति स्थिर छ र दुवै पक्ष वार्ताको माध्यमबाट समस्या समाधान गर्नमा लागिपरेका छन् ।”

पोम्पियोको भारत भ्रमण र टिप्पणीप्रति चीनबाट दुई कडा आपत्ति आइसकेको छ । भारतस्थित चिनियाँ दूतावासबाट एउटा र अर्को चिनियाँ विदेश मन्त्रालयबाट । चीनले, अमेरिका कोभिड-१९ सँग लड्न असफल भएकाले आफ्ना समस्या अन्यन्त्र सार्न चाहेको पनि बताए । यसबारे चिनियाँ विदेश मन्त्रालय यसो भन्छ, “यस वर्ष हाम्रो सरकार कोभिड-१९ को युद्ध जित्न सफल भएको छ । अर्कोतर्फ अमेरिका कोभिड-१९ को असफलताको आरोप चीनलाई लगाएर आफूलाई बचाउन खोजिरहेको छ । हामी आशावादी छौं कि अमेरिकी नेतृत्व पहिला आफ्नो समस्या समाधान गर्नतर्फ ध्यान केन्द्रित गर्नेछ न कि अरुलाई आरोप लगाउन व्यस्त रहनेछ ।”

मंगलबार, पोम्पियो र मार्क एस्परको मन्त्रीस्तरीय संवादमा भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहले भाग लिएका थिए । पोम्पियोले यस बैठकपछि यसो भनेका थिए, “सम्प्रभुता र स्वतन्त्रतामाथि हमला भए अमेरिका भारतको जनतासँगै उभिनेछ ।” उनले चीनको कम्युनिस्ट सरकारलाई पनि लक्षित गर्दै भनेका थिए, “चीनलाई लोकतन्त्र, कानुन, पारदर्शिता, स्वतन्त्रता र क्षेत्रको स्थायित्वसँग कुनै मतलब छैन ।” बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group