ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभरी तीन करोड ४० लाख मानिस कोरोना सङ्क्रमणमुक्त


एबीसी न्यूज
१८ कार्तिक २०७७, मंगलबार   ६ : ४२   बजे

काठमाडौं, १८ कात्तिक ।  कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरी तीन करोड ४० लाखभन्दा बढी पुगेको छ ।

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभरी तीन करोड ४० लाख ६० हजार २४१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेका हुन् ।

तर कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भने १२ लाख १२ हजार ११६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

विश्वभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल चार करोड ७३ लाख ६३ हजार ९८५ जना सङ्क्रमित भएका छन् ।

कुल सङ्क्रमितमध्ये एक करोड २० लाख ९१ हजार ६२८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

अहिले पनि सङ्क्रमित अवस्थामै रहेकामध्ये झण्डै ९९ प्रतिशत अर्थात् एक करोड २० लाख चार हजार ९५७ जना मध्यम अवस्थामा रहेका छन् भने झण्डै एक प्रतिशत अर्थात ८६ हजार ६१७ जनाको अवस्था गम्भीर रहेको छ ।

सङ्क्रमित र मृतकहरुको सङ्ख्याका आधारमा हेर्दा अमेरिका सवैभन्दा बढी प्रभावित देखिएको छ । अमेरिकामा अहिलेसम्म कूल ९५ लाख ६७ हजार ५४३ जना सङ्क्रमित हुँदा कूल दुइ लाख ३६ हजार ९९७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा अहिलेसम्म कुल ८२ लाख ६७ हजार ६२३ जना सङ्क्रमित भएका छन् भने एक लाख २३ हजार २३९ जनाको मृत्यु भएको छ ।

तेस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा अहिलेसम्म एक लाख ६० हजार २७२ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ५५ लाख ५४ हजार २०६ जना सङ्क्रमित भएका छन् ।

कोरोनाभाइरसबाट रुसमा अहिलेसम्म १६ लाख ७३ हजार ६८६ जना सङ्क्रमित भएका छन् भने २८ हजार ८२८ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट प्रभावित भएका मुलुकहरु मध्ये रुस चौथो अग्रपंक्तिमा पर्दछ ।

पाँचौँ अग्रपंक्तिमा रहेको फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसका कारण ३७ हजार ४३५ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोनाबाट अहिलेसम्म १४ लाख ६६ हजार ४३३ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी स्पेन, अर्जेन्टिना, कोलम्बिया, बेलायत र मेक्सीको कोरोनाभाइरसबाट प्रभावित अग्र १० देशमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu