ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ


एबीसी न्यूज
१९ कार्तिक २०७७, बुधबार   ११ : ०९   बजे

काठमाडौँ, १९ कार्तिक । भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  उनी रिपब्लिक टीभीका प्रधान सम्पादक पनि हुन् । उक्त टेलिभिजनले पनि अर्नव पक्राउ परेको पुष्टि गरेको छ । आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको जनाइएको छ ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार अर्नबलाई सन् २०१८ मा एक जना इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्या प्रकरणमा बुधबार गिरफ्तार गरिएको हो । रिपब्लिक टेलिभिजनले भने अर्नबलाई हातपात गर्दै मुम्बई प्रहरीले पक्राउ गरेको समाचार प्रसारण गरिरहेको छ । पहिले नै बन्द गरिएको मुद्दामा अर्नबलाई गिरफ्तार गरिएको पनि रिपब्लिकको दाबी छ ।

हिन्दुस्तान टाइम्सका अनुसार सन् २०१८ को इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमाको आत्महत्या प्रकरणमा पत्रकार अर्नबलाई गिरफ्तार गरिएको हो । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय र उनकी आमा कुमुद सन् २०१८ मा घरमै मृत भेटिएका थिए ।

अन्वयको साथबाट एउटा सुसाइड नोट पनि भेटिएको थियो । जसमा अर्नब गोस्वामी र फिरोज सेख तथा नितिस सारदाले रिपब्लिक टेलिभिजनको कार्यालय डिजाइनको पैसा नदिएको आरोप लगाइएको उल्लेख थियो । अन्वयले रिपब्लिक च्यानलले ५ करोड ४० लाख रुपैयाँ नदिएको र त्यसले गर्दा आफू आर्थिक समस्यामा परेको अन्वयले सुसाइड नोटमा उल्लेख गरेका थिए ।

सन् २०१८ मा अलिबाग प्रहरीले अर्नबविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो तर सन् २०१९ मा रायगड प्रहरीले उक्त मुद्दाको अनुसन्धान बन्द गरेको थियो । गत मे महिनामा भने महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले अन्वयकी छोरी अदन्याले उक्त मुद्दाको पुनस् अनुसन्धान गर्न आग्रह गरेकाले नयाँ शिराबाट अनुसन्धान हुने बताएका थिए ।

रिपब्लिक टेलिभिजन र अर्नबविरुद्ध टीआरपी घोटालालगयातका विभिन्न चार वटा मुद्दामा मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group