ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गलवान झडपमा आफ्ना ५ जना सैनिक मारिएको चीनद्वारा स्वीकार


एबीसी / संवाददाता
७ फाल्गुन २०७७, शुक्रबार   १२ : २२   बजे

काठमाडौँ, ७ फागुन । चीनले पहिलो पटक गत वर्ष लद्दाखको गलवान उपत्यकामा भारतीय सेनासँगको झडपमा परी आफ्ना ५ जना सैनिक मारिएको स्वीकार गरेको छ ।
चिनियाँ सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ जनमुक्ति सेना (पीएलए) को आधिकारिक अखबार पीएलए डेलीलाई उद्धृत गर्दै झडपमा चिनियाँ सैनिकको मृत्युको बारेमा जानकारी दिएको हो । ग्लोबल टाइम्सका अनुसार पीएलए डेलीले ‘आफ्नो सम्प्रभुता रक्षाका क्रममा बलिदानी दिने सैनिकलाई श्रद्धाञ्जली दिनका लागि’ भन्दै मृत्यु भएका सैनिकका बारेमा जानकारी खुलाएको छ । चीनको सेन्ट्रल मिलिटरी कमिसनले काराकोराम पहाडमा ५ जना सैनिकको पहिचान भएको र उनीहरुलाई विभिन्न पदवीबाट सम्मानित गरिएको पीएलएले जानकारी गराएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
रिपोर्टमा पहिलो पटक चिनियाँ सेनाले गलवान झडपका बारेमा विस्तृत जानकारी दिएको छ । ‘त्यहाँ भारतीय सैनिक ठूलो संख्यामा उपस्थित थिए । उनीहरुले चिनियाँ सेनालाई पछाडि हट्न बाध्य पारेका थिए,’ रिपोर्टमा भनिएको छ । चिनियाँ सेनाले स्टिलको रड, किला र पत्थरबाट आक्रमण गरी मुलुकको सम्प्रभुता जोगाएको पनि पीएलएले उल्लेख गरेको छ । पीएलए डेलीको रिपोर्टमा लेदिएको छ, ‘२०२० को अप्रिलपछि विदेशी सेनाले सम्झौताको उल्लंघन गऱ्यो ।

सीमाको यथास्थिति परिवर्तन हुने गरी सडक र पुल बनाउँदै सीमा पार गरी उनीहरुले उक्साउने काम गरे । कुराकानी गर्न भनेर पठाइएका उनीहरुले चिनियाँ सेनामाथि आक्रमण पनि गरेका थिए ।’अखबारले एक सैनिक चेन सियाङरोङको डायरी पनि उद्धृत गर्दै लेखेको छ, ‘दुश्मनको संख्या निकै धेरै रहेको सैनिकले आफ्नो डायरीमा लेखका छन् । उनले भनेका छन्, ‘तर हामीले घुँडा टेकेनौं, ढुंगाले हानेर उनीहरुलाई हामीले भगायौं ।’गत वर्षको जुन १५ मा भएको भारत–चीन झडप पछिल्लो चार दशकयताकै गम्भीर भएको बताइएको थियो । झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । भारतले आफ्नोतर्फ भएको क्षतिका बारेमा जानकारी दिए पनि चीनले भने केही भनेको थिएन । भारतीय पक्षले चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गर्दै आएको थियो ।भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केरुङमा अस्थायी तालको ओभरफ्लो रोकियो, चिनियाँ अधिकारीद्वारा उद्धार कार्य पुनः सुरु

तिब्बतमा थुनिएको ताल भरिएर पानी बग्न थालेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

सम्बन्धित

नेपाललाई ५० लाख अस्ट्रेलियन डलर मानवीय सहायता दिने अस्ट्रेलियाको घोषणा

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

अस्ट्रेलियाले नेपाललाई ५० लाख अमेरिकी डलर मानवीय सहायता दिने

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu