ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठाडै सुकेका रुखका कारण वन नै उजाडियो


एबीसी / संवाददाता
३१ चैत्र २०७७, मंगलबार   ९ : २०   बजे

झापा, ३१ चैत  :झापाको कनकाई सामुदायिक वनमा अधिकांश सिसौका रुख ठाडै सुकेका छन् । सुकेका रुखले सामुदायिक वन नै उजाड देखिन थालेको छ । कनकाई नगरपालिका–२, ३ र ४ मा २७७ दशमलव ६ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा सिसौ र खयरका अधिकांश ठूला रुख वर्षौँदेखि ठाडै सुकेका छन् । कनकाई नदीको पूर्वी किनार र चुरेको फेदसँग जोडिएको यो प्राकृतिक वनमा सिसौ र खयरका प्रजाति छन् । एक दशकदेखि नै रुख सुक्ने क्रम शुरु भएको थियो । सुकेका रुख हटाउने र नयाँ बिरुवा लगाउने अभियान शुरु नगरिँदा एकातिर मूल्यवान रुखहरु ठाडै पोचिएर खेर गइरहेको छ भने अर्कातिर जङ्गल मासिएर मरुभूमीकरण हुने सम्भावना बढेको छ । कटानको अनुमति नहुँदा वनभित्र रु १६ करोड मूल्यका सुकेका ठाडा रुख वर्षौँदेखि पोचिएर खेर गइरहेको छ ।
सामुदायिक वनले गरेको अध्ययनले सुकेका ठाडा रुख कटान गर्दा करीब ८० हजार क्युफिट काठ सङ्कलन हुनसक्ने देखाएको छ । कनकाई वनमा दशकअघि सिसौका ठूला रुख सुक्ने रोग देखापरेको स्थानीयवासी बताउँछन् । सिसौमा लागेको अज्ञात रोगले रुख ठाडै सुक्ने क्रम बढ्यो । सुकेका रुख निकालेर काठ खेर जान नदिनेतर्फ अहिलेसम्म सरकारी निकायको ध्यान जान सकेको छैन । कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्याम ओलीले सरकारी निकायले नै सुकेका रुख कटानको अनुमति नदिएको बताउनुभयो । उहाँका अनुसार विसं २०७४ मा वन मन्त्रालयको सामुदायिक वन महाशाखामा सुकेका रुख कटानको अनुमति माग्दै निवेदन दिइएको थियो । हालसम्म मन्त्रालयले कटानको स्वीकृति दिएको छैन ।
वन मन्त्रालयले जैविक विविधतामा ह्रास आउने कारण देखाउँदै सुकेका ठाडा रुखहरु कटानका लागि स्वीकृति नदिएको ओलीले बताउनुभयो । सुकेका रुख निकाल्दा जैविक विविधतामा के–कस्तो असर पर्छ भन्नेतर्फ मन्त्रालयले स्थानीय सामुदायिक वनलाई तथ्यपूर्ण जानकारीसमेत दिएको छैन । कनकाई नदीमा पानीको वहाब गहिरिएसँगै सो वन क्षेत्र चिस्यानको अभावले समेत सिसौका रुखहरु सुकेको हुनसक्ने स्थानीय वन पदाधिकारी बताउँछन् । नदीमा जथाभावी ढुङ्गा, बालुवा निकाल्ने क्रम बढेपछि कनकाईको बहाब गहिरिएको छ । खोला गहिरिएपछि किनारमा रहेको रुखहरु सुक्खा लागेर सुक्न थालेको समेत अनुमान छ । वर्षेनी हुने डढेलोले पनि वन पैदावार सुकाउँदै आएको छ । सो सामुदायिक वनले वार्षिक तीन हजार क्युफिट ढलापडा रुख मात्र कटान गर्न पाउने नियम छ । “वार्षिक कटान क्षमता तोकिएको हुन्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “ढलेका रुख नै काफी छन् ठाडा काट्नै पर्दैन ।” अनुमति नपाएपछि सुकेका ठाडा रुख नकाटिएको उहाँको भनाइ छ । उहाँले वार्षिक सिसौका काठ दुई हजार ४०० क्युफिट र खयर ६०० क्युफिट गरी तीन हजार क्युफिट ढलापडा काठ घाटगद्दी गर्दै आएको बताउनुभयो ।
डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले सामुदायिक वनको हैसियतअनुसार मात्र ढलापडा रुख कटान गर्न पाउने कानूनी प्रावधान रहेको बताउनुभयो । उहाँले झापाका अन्य सामुदायिक वनको तुलनामा कनकाईमा सुकेका रुख अत्यधिक रहेको जानकारी पाएको तर यसको विस्तृत अध्ययन नभएको बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu