ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्काल विद्यालय बन्द गर, भीडभाड रोक


एबीसी / संवाददाता
५ बैशाख २०७८, आइतबार   १० : ३४   बजे

विश्वव्यापी कोरोना महामारीको दोस्रो लहरले च्यापिरहेका बेला छिमेकी देश भारतको अवस्था नियन्त्रण बाहिर जाँदैछ । भारतमा हुने हरेक क्रियाकलापले नेपालमा असर पर्नु स्वाभाविक छ । कोरोना महामारीको पहिलो लहरका बेला पनि भारतमा बढेको संक्रमण र त्यताबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा गरिएको लापरवाहीले नेपाललाई एक वर्ष पहिले नै सवै क्षेत्र बन्धक जस्तै बनाएको थियो । झण्डै तीन हजारजतिको ज्यान गयो भने साढे दुई लाख बढी संक्रमित भएका थिए । हालैका दिनहरुमा पनि अघिल्लो वर्षको गल्ती सरकार र आम सरोकारवाला निकायहरुले दोहराउन थालिरहेका छन् । यो सवैभन्दा चिन्ताको कुरा हो ।

कोरोना संक्रमण रोक्न सामान्य स्वास्थ्य सावधानकीका लागि समेत प्रशासनिक दबाव आवश्यक पर्नु आफैंमा विडम्वनापूर्ण अवस्था हो । तर पनि राज्यका लागि यो एक अनिवार्य वाध्यता र दायित्व समेत हो । एक आपसमा दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाड नगर्ने र नजाने जस्ता क्रियाकलापका लागि समेत राज्यले प्रशासनिक बल प्रयोगको बाटोमा जानुको विकल्प हुँदैन महामारी नियन्त्रणका लागि ।

संक्रमणको दोस्रो लहर पहिलो भन्दा निकै घातक र तीव्र फैलावटवाला भएकाले अरु बढी खतरा देखिएको छ । नौ महिनाका बच्चादेखि ९० वर्षसम्मका बृद्धलाई संक्रमण भइसकेको अवस्थामा थप हेलचक्र्याँले अरु बढी भयावह अवस्था निम्तिने निश्चित छ । त्यसमाथि देशको स्वास्थ्य क्षेत्रको अवस्था, पूर्वाधार र जनशक्ति तथा साधन र स्रोतको विजोग अवस्थाका बीचमा यस प्रकारको वैश्विक महामारीसँग जुध्ने कुरा आफैंमा कहालीलाग्दो बन्दै गएको छ ।

पछिल्लो समय सरकार महामारीलाई समेत आफ्नो आयू लम्व्याउने अस्त्र बनाउने ध्याउन्नतिर लागेको जस्तो प्रतित हुँदैछ । ऊ महामारी नियन्त्रणका सबै क्षेत्रमा असफल बन्दै गएको छ । औषधि खरिददेखि खोप प्रकरणसम्म आउँदा सरकार कतैपनि प्रभावकारी देखिन सकेको छैन । महामारी नियन्त्रणका लागि सरकारले अगुवाई गर्नु पर्नेमा पर्यवेक्षक जस्तो रबैया प्रदर्शन गर्न थालेको छ । सरकारले गरेका निर्णय कार्यान्वयनमा उसकै स्वार्थ समूहहरु बाधक बनेर निर्णय बेवारिसे बन्दै गएका छन् । त्यसको पछिल्लो ज्वलन्त उदाहरण नै विद्यालय तहका बच्चाहरुमा संक्रमण देखिएपछि विद्यालय बन्द गर्नुपर्ने निर्णयलाई सरकारले अझै सम्म लागू गर्न सकेको छैन । निजी विद्यालयहरुले अवोध बालकहलाई महामारीको मुखमा धकेलेर धन थुपार्ने कुत्सित प्रयत्न गरिरेहका छन् । त्यो दुष्प्रयत्नलाई सरकारले नियन्त्रण गर्नुको बदला तमासे जस्तो बन्दै विद्यालय बन्द गर्ने निर्णयलाई स्वेच्छिक जस्तो बनाइदिएर तिनै शैक्षिक माफियाहरुलाई प्रोत्साहन गर्न पुगेको छ ।

लाखौं बालबालिकाको स्वास्थ्य जोखिममा धकेलेर भर्नाका नाममा पैसा असुल गर्न समय दिने कृत्य कुनै पनि अर्थमा औचित्यपूर्ण हुन सक्दैन । तर सरकारमा बस्नेहरुको नाभी तिनै माफियाहरुसँग जोडिन पुगेको छ । गत वर्षदेखि नै नेपालमा मात्र होइन विश्वभरिका करोडौं बालबलिकाको पढाई नराम्रोसँग प्रभावित भएको छ । वैकल्पिक रुपमा भर्चुअल माध्यमबाट केही भरथेग गर्नु बाहेक महामारीको समयमा अर्को कुनै विकल्प नै हुँदैन । तसर्थ तत्काल विद्यालय बन्द गर्ने निर्णयलाई कडाईपूर्वक लागू गरिनु पर्दछ । भीडभाड हुने स्थानहरुमा पूणत प्रतिवन्ध लगाइनु पर्दछ । ती स्थानहरुमा राज्यको सशक्त उपस्थिति अनिवार्य छ ।

छिमेकी देश भारतको राजधानी लगायतका प्रमुख शहरहरु नियन्त्रण बाहिर गएको घटनाबाट पाठ सिक्न ढिला गरिनु हुँदैन । राज्य हुनुको थोरै पनि महसुस हुने हो भने खोप खरिद तथा उपलव्धताका लागि सम्पूर्ण कूटनीतिक सामाथ्र्य लगाइनु पर्दछ । आम नागरिकलाई स्वास्थ्य जनचेतनाका लािग सवै तह र तप्काका राजनीतिक अङ्गहरुलाई परिचालन गरिनु पर्दछ । तबमात्र महामारी नियन्त्रणमा कमी आउन सक्नेछ ।

सरकारले आफैंले गरेका निर्णय र सिफारिशलाई कार्यान्वयन गर्न नसक्ने हो भने सरकारमा बस्नुको कुनै अर्थ हुनै छैन । त्यो अवस्थामा सत्तासीनहरुले आमन्त्रण गरेको राजनीतिक अराजकतामाथि सामान्य जनजीवनको तहबाट समेत अराजकता र अनिश्चता थपिने निश्चित छ । त्यसले देशको अस्तित्व माथि नै गम्भीर खतरा निम्त्याउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group