ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोप माफियाको जालो च्यात्न हिम्मत गर


एबीसी / सम्पादकीय
२२ बैशाख २०७८, बुधबार   ६ : ३८   बजे

कोभिड–१९ को दोस्रो लहरसँगै मुलुक महामारीको दलदलमा फसेको छ । बुधबार एकै दिन महामारी शुरु भएयताकै सर्वाधिक ८ हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि र ५८ जनाको मृत्युले स्थितिको भयावहता पुष्टि गर्छ । तर यो भयावह अवस्था एक दिन वा एकाध सातामै आएको होइन । यो अवस्था पूर्वानुमानित थियो । गत वर्षको कात्तिक र मंसिरतिर लगातार घटिरहेको संक्रमण र शून्य मृत्युदरको अवस्थायताका सात महिनासम्म महामारी नियन्त्रणका लागि पर्याप्त योजना बनाउने अवसर सरकारले उपयोग गर्न नसक्दा आजको अवस्था निम्तिएको हो ।

यथार्थमा महामारी नियन्त्रणभन्दा सरकारको ध्यान अर्कैतिर मोडिंदा सात महिनाअघिको कूल मृत्यु ८२९ बाट बढेर झण्डै झण्डै साढे तीन हजार नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ । यो समग्र परिदृश्य आफूलाई समाजवादउन्मुख भन्ने सरकारको जनस्वास्थ्यप्रतिको खेलवाड उदाहारण हो भन्दा फरक पर्दैन ।

महामारीको दास्रो चरण शुरु हुनभन्दा अघिका सात महिनामा अस्पतालहरुमा आवश्यक शैय्या, जनशक्ति र अक्सिजन लगायतका स्वास्थ्य सामग्री तयार पार्ने विषय सरकारको प्राथामिकतामै पर्दै परेन । भारतले अनुदानमा दिएको १० लाख र चीनले दिएको ८ लाख डोज खोप वितरणबाटै सबै समस्या समाधान भएको सस्तो प्रचार गर्न सरकार व्यस्त रह्यो । आवश्यक खोपको जोगाडाबिनै स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाभित्र सबै नागरिकलाई खोप लगाइसक्ने सार्वजनिक उद्घोष गरे । तर उनकै कोटरीभित्रका कमिशनवाजहरुको फोहोरी खेलबाट प्रधानमन्त्रीको घोषणा मित्थ्या सावित भयो ।

भारतस्थित खोप उत्पादक सेरम इन्ष्टिच्यूटलाई अग्रीम भुक्तानी गरिसकेको मध्ये बाँकी १० लाख डोज खोप ल्याउन प्रधानमन्त्री निकट भनेर चिनिएका व्यवसायीहरु सुरज बैद्य र विजय दुगड नै बाधक बनेको सूचना स्वास्थ्य मन्त्रीले सार्वजनिक गर्नुले महामारी नियन्त्रणका नाममा भएको फोहरी खेलको भित्री नाटकलाई प्रष्ट गरेको छ । स्वयं स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्थानीय एजेण्टलाई १० प्रतिशत कमिशन नदिएकैले खोप रोकिएको सार्वजनिक अभिव्यक्ति दिंदा पनि प्रधानमन्त्रीले कुनै कदम चाल्न नसक्नु विडम्वना मात्र नभएर राष्ट्रिय लज्जाको विषय हो । प्रचलित नेपाल कानून अनुसार दर्ता भएर संचालनमा रहेको हुकुम इन्टरप्राइजेजले कमीसन पाउन सेरम इन्ष्टिच्युट र भारतीय कर्मचारी तन्त्रमा लविङ गर्दा समेत सरकार भने केवल मुकदर्शक रह्यो । महामारीको पहिलो चरणमा ओम्नी समूहको ताण्डव देखे–बुझेको सरकारले खोप आयातमा पनि त्यही प्रकरण दोहोरिंदा पनि मूकदर्शक बन्नु संयोग मात्र हुनसक्दैन । स्वयं सरकारकै ब्यक्ति वा तिनका कोटरीभित्रका केही अदृश्य पात्रहरु खोपमाथिका यो फोहोरी राजनीतिका गोटी चाल्दैछन् । यस्तो अवस्थालाई तन्काइरहने अवस्थाले जनताप्रति सरकारको यो भन्दा बेइमानी केही हुनसक्दैन भन्ने स्वत स्पष्ट गर्दैन र ?

भौतिक दूरी, आनीबानी परिर्वतन लगायतका स्वास्थ्य सचेतनाले महामारीको प्रसारलाई केही ब्रेक लगाए पनि जारी महामारीको अन्त्यको उपाय खोपबाहेक अर्को केही हुन सक्दैन । विश्वव्यापी रुपमा हेर्ने हो भने पनि महामारीको चरम उत्कर्ष भोगेका बेलायत, अमेरिका इजरायल जस्ता मूलुकले आफ्ना बहुसंख्यक नागरिकलाई खोप लगाएर नै महामारी नियन्त्रण गरेका छन् । यद्यपि अब ४/५ महिना अघि जस्तो व्यापारिक हिसावबाट मात्र खोप आयात सम्भव छैन । विश्वकै ठूलो खोप उत्पादक मुलुक भारत आफैं महामारीको दलदलमा फसेको बेला उसले खोप निर्यात अनुमति देला भन्ने सोच्न पनि कठिन छ । सरकार अझ स्वयं प्रधानमन्त्रीको स्तरबाट उच्च कूटनीतिक पहल गर्ने हो भने चीन, रुसजस्ता मुलुकबाट खोप आयात गर्न कठिन छैन । तर यसका लागि आपूm निकट दृश्य/अदृश्य पात्रहरुको खोपमाथिको घीनलाग्दो राजनीति हुन नदिन स्वयं प्रधानमन्त्री नै सचेत हुनुपर्छ ।

त्यसभन्दा बढी खोपलाई घरेलु राजनीति र सत्ताको आयुसँग जोडेर भूराजनीतिक दाउपेचको एउटा टुल्सका रुपमा बुझ्ने आत्मकेन्द्रित चिन्तनबाट प्रधानमन्त्री र सत्तारुढ दल मुक्त हुन सक्नु पर्दछ । सत्तामा रहँको एक मिनेटसम्मा पनि वैश्विक महामारी बनेको कोभिड नियन्त्रणमा चाल्ने हरेक कदमले जनताको जीवन रक्षा गर्दछ ।

त्यो भन्दा ठूलो काम र दायित्व सरकारका लागि अरु केही हुन सक्दैन । स्वाभाविक रुपमा सरकार यतिबेला अल्पमतमा परेको छ । जतिसुकै बेला पनि बदलिन सक्छ । अर्को सरकार आउन पनि सक्छ । यही सरकारले बहुमत जुटाउन पनि सक्छ । त्यो राजनीतिभित्रको नियमति क्रिया भन्दा बढी केही पनि हुनु हुँदैन । मुख्य काम त वैश्विक महामारी बनेको र नेपाललाई गम्भीरमा प्रभावित गरेर आम नरसंहारको डिलमा पु¥याउन लागेको कोभिड नियन्त्रणका लागि जतिसको चाँचो खोप आयात गर्नु र सर्वसुलभ रुपमा जनतामा पु¥याउनु नै हो । त्यसका लागि जनमारा माफिया र राजनीतिक आपराधिक एजेन्टहरुबाट कमसेकम खोप खरिद र आयातमा सरकार अलग हुनै पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group