ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खराब धनाढ्यका उदाहरण, जेफ बेजोस


कारा अलैमो
२७ जेष्ठ २०७८, बिहिबार   ९ : ११   बजे

बेजोसका हालसम्मका क्रियाकलापले उनले आफूसँग भएको विशाल सम्पत्तिलाई संकटको समयमा अरूको सहयोगमा लगाउनेछन् भन्ने संकेत गर्दैनन्

जेफ बेजोसले पृथ्वीमा कब्जा गर्ने वस्तु सकिँदै गएजस्तो छ । एक प्रक्षेपणअनुसार अमेरिकामा हुने अनलाइन खरिदमध्ये झन्डै आधा उनकै कम्पनी अमेजनबाट हुने गर्छ । अमेजनले भर्खरै एक प्रमुख किराना पसलको चेन ‘होल फुड्स’ र हलिउडको एक प्रमुख स्टुडियो एमजिएम किनेको छ । ‘द वासिंटन पोस्ट’का मालिक बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । सायद यस ग्रहमा स्वामित्व लिने वस्तु सकिँदै गएपछि अहिले उनको नजर अन्तरिक्षतर्फ तेर्सिएको छ । बेजोसले सोमबार ‘ब्लु ओरिजिन’को पहिलो मानवसहितको उडानमा सहभागी हुने घोषणा गरे । ‘ब्लु ओरिजिन’ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी हो । कम्पनीको पहिलो मानवसहितको उडानमा उनका भाइ पनि उनीसँगै हुनेछन् । घोषणापछि मिडियाले बेजोसले उनका अन्य अर्बपति प्रतिस्पर्धी इलन मस्क र रिचर्ड ब्रानसनलाई उछिन्न लागेको बताइरहेका छन् ।

writer : Cara Alimo

तर, बेजोसको मुख्य ध्यान अन्तरिक्षभन्दा पनि यही धर्तीतर्फ बढी हुन्थ्यो भने उनको यस्तो चर्चालाई राम्रो मान्न सकिन्थ्यो । विश्व बैंकका अनुसार विश्वमा अहिले ६८.९ करोड मानिस चरम गरिबीमा बाँचिरहेका छन्, जसमध्ये आधा बालबालिका छन् । कोरोना महामारीले विगत दुई दशकको उपलब्धिलाई ध्वस्त बनाएकाले थप १२ करोड मानिस पुनः चरम गरिबीमा धकेलिएका छन् । जुन यस वर्षको अन्त्यसम्म अझ बढ्नेछ । झन्डै १८७ अर्ब डलरका धनी बेजोसले यो स्थिति सुधार्न धेरै गर्न सक्छन् । अमेजनको प्रमुख कार्यकारी अधिकारीको पद त्याग्न लागेका अवस्थामा बेजोससँग यसमा काम गर्न प्रशस्त समय पनि हुनेछ ।

बेजोसजस्तो अथाह सम्पत्ति भएका मानिसले अन्तरिक्ष व्यवसाय र गरिबलाई गर्ने सहयोग दुवैमा उलेख्य योगदान गर्न सक्छन् । तर, बेजोस असहायका लागि दान गर्ने विषयमा निकै कन्जुस देखिन्छन् ।

इन्टरनेसनल रेस्क्यु कमिटी नामक दाता संस्थालाई जम्मा ५८ डलर दान गर्दा कुनै मुलुकका एकजना बालबालिकाको वर्षभरिको विद्यालय शुल्क तिरिन्छ । बेजोसले प्रत्येक वर्ष उनको रकेट विकासमा लगानी गरेको एक अर्ब डलरले कति फरक पार्छ, अनुमान गर्नुस् । खासमा १८७ अर्ब डलरको सम्पत्ति भएको मानिसले अन्तरिक्ष व्यवसायमा लगानी गर्ने कि अरूलाई सहयोग गर्ने भन्ने एउटा मात्रै छान्नैपर्दैन । सन् २०२० मा बेजोसले जलवायु परिवर्तनविरुद्ध लड्न १० अर्ब डलर दिने घोषणा गरेका छन् । तर, कोभिडका कारण भारतमा अक्सिजनको अभावबाट मानिस मरिरहेको समयमा भविष्यको सौर्य प्रणालीमा मात्र पैसा लगाउनु दुःखद हो । विशाल सम्पत्तिलाई कसरी उचित रूपमा प्रयोग गर्न सकिन्छ भन्ने ज्ञान बेजोसले उनकी पूर्वपत्नी म्याक्केन्जी स्कटबाट सिक्न सक्छन् । म्याक्केन्जीले उनका नयाँ श्रीमान् ड्यान जेवेटसँग मिलेर ‘गिभिङ प्लेज’ अभियानमा हस्ताक्षर गरेकी छिन् ।

यस अभियानमा हस्ताक्षर गर्नेले जीवनको उत्तरार्द्धसम्म आफूसँग भएको सम्पत्तिको अधिकांश हिस्सा दान गर्ने प्रतिबद्धता जनाउँछन् । (तर, बेजोसले हालसम्म गिभिङ प्लेजमा हस्ताक्षर गरेका छैनन् ।) सन् २०२० मा म्याक्केन्जीले झन्डै ६ अर्ब डलर रकम दानमा लगाइन् । उनले अश्वेतहरू पढ्ने कलेज तथा विश्वविद्यालयमा ध्यान दिइरहेकी छिन् । यसले म्याक्केन्जीमा आफूभन्दा फरक अनुभव भएका समुदायप्रति समेत करुण देखाउन सक्ने क्षमता रहेको देखिन्छ । उता यही अवधिमा बेजोसको बिलासी जीवनशैलीका किस्साहरू समाचारमा छाइरहे । पूरै विश्व महामारीसँग लडिरहँदा उनले अघिल्लो वर्ष लस एन्जेल्सका विशाल महलमा २५.५ करोड डलर खर्च गरेको खबर आयो । त्यस्तै उनले एक अति बिलासी डुंगामा ५० करोड डलर खर्च गरेको खबरले त बिलासी डुंगा क्षेत्रमै हलचल ल्याएको छ । बेजोसका हालसम्मका क्रियाकलापले उनले आफूसँग भएको विशाल धनलाई संकटको समयमा अरूको सहयोगमा लगाउनेछन् भन्ने संकेत गर्दैन । 

खुद्रा सामग्रीलाई अनलाइन माध्यममार्फत सस्तोमा बेचेर अर्बौं डलर कमाउने बेजोसको कम्पनी अमेजनले कर पनि त्यति तिरेको देखिँदैन । सन् २०१९ मा कम्पनीले संघीय करअन्तर्गत एक डलर पनि नतिरेको देखिन्छ । त्यस्तै कम्पनीले कामदारको सुरक्षाको माग गर्ने श्रमिकलाई गैरकानुनी रूपमा बर्खास्त गरेको आरोप लाग्ने गरेको छ । समाजलाई सकारात्मक प्रभाव पार्न बेजोससँग अझै पनि समय नभएको होइन । अमेजनको कार्यकारी भूमिकामा रहेका  उनमा पृथ्वी छाडेपछि सम्पत्तिको सही सदुपयोगसम्बन्धी नयाँ विचार आउला भन्ने आशा गरौँ । तर, अहिलेका लागि बेजोस र बेजोसजस्तै अन्तरिक्षतर्फ नजर लगाइरहेका अर्बपतिहरूले असहायमाथि ध्यान दिन आह्वान गर्नुपर्ने अवस्था छ । बेजोस एक सफल व्यवसायी हुन् । उनी व्यावसायिक सफलताको यति उचाइमा पुगेका छन् कि उनी लाखौँ मानिस भौकभौकै रहँदा अन्तरिक्षमा जान सक्छन् । तर, हालसम्मको उनको कार्य हेर्दा उनलाई सफल मानिस भन्न सकिने अवस्था छैन ।  

(लेखक होफ्स्ट्रा विश्वविद्यालयकी सह–प्राध्यापक हुन्, उनी ओबामा राष्ट्रपति हुँदा अमेरिकाको अर्थ मन्त्रालयअन्तर्गतको वैदेशिक मामिलाकी प्रवक्ता थिइन्) 
सीएनएनबाट
  

↑

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

‘मलाई बन्द नगर’ भन्ने एआईले विश्वलाई झस्कायो

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group