ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिपीको विचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व : मुख्यमन्त्री पोखरेल


एबीसी / संवाददाता
६ श्रावण २०७८, बुधबार   ५ : ११   बजे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपीको विचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व भएको बताउनुभएको छ ।

बिपी कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उहाँले कोइरालाको गतिशील र कालजयी विचारले गर्दा अहिले पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता, विकास र स्थायित्वको पर्यायवाची शक्तिका रुपमा रहेको बताउनुभएको हो । “नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, बहुआयामिक व्यक्तित्व नेपाली राजनीतिका केन्द्रविन्दुु प्रजातान्त्रिक विचार र आन्दोलनका नायक, नेपाली कांग्रेसका सस्थापक जननायक बिपी कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु”, मुख्यमन्त्री पोेखरेलले वक्तव्यमा भन्नुभएको छ ।

नेपालमा प्रजातन्त्रको स्थापनार्थ कठोर सङ्घर्ष गरेका कोइरालाको योगदान नेपाली साहित्यका क्षेत्रमा समेत उत्तिकै उज्ज्वल रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले जहानियाँ राणा शासनबाट नेपाल र नेपालीलाई मुक्त गर्न, प्रजातान्त्रिक विचारको विकास र विस्तारमा योगदान गर्न, मुलुकमा संसदीय प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको अन्तर्राष्ट्रिय गरिमा वृद्धि तथा सम्बन्ध विस्तार गर्न उहाँले गर्नुभएकोे योगदानको जति नै प्रशंसा गरे पनि नपुग्ने बताउनुभएको छ ।

“राष्ट्रियताको सवालमा उहाँले लिनुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा झन् बढ्दै गएको छ । लोकतन्त्र र संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरूका लागि बिपीका सिद्धान्त र आदर्श मूल मन्त्रका रुपमा स्थापित भएका छन् भने प्रजातान्त्रिक समाजवादको विश्वव्यापी आन्दोलनमा युगनायक बिपी कोइरालाको योगदान आफैमा महत्वपूर्ण छ”, वक्तव्यमा उल्लेख गरिएको छ ।

मुलुक र नागरिकको हितका लागि बिपीले थालेको दूरगामी सोचबाटै अहिले मुलुक अगाडि बढेको बताउँदै उहाँले सत्तामा रहँदा र नरहँदा बिपीले जहिल्यै पनि मुलुक र जनतालाई नै केन्द्रविन्दुमा राखेको बताउनुभयो । राजनीति परिवर्तनको महसुस नागरिकले आर्थिक समृद्धिमार्फत गर्न पाउनुपर्छ भन्ने बिपीको धारणा रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले नागरिक समृद्ध र सुखी नहुँदासम्म राष्ट्रियता र प्रजातन्त्र मजबुत नहुने हँुदा राजनीतिको मूल ध्येय जनताको सेवा हो भन्नेमा बिपीको स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो ।

उहाँले मुलुकको समुन्नतिका लागि बिपी कोइरालाकै सिद्धान्तलाई अङ्गीकार गर्न तथा उहाँले देखाएको प्रजातान्त्रिक समाजवादको मार्ग अवलम्बन गर्दै समृद्ध मुलुक निर्माणको अभियानमा एकजुट हुन प्रजातन्त्रप्रति विश्वास गर्ने सम्पूर्ण नेपाली नागरिकमा आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हेभिवेट एसियाली राष्ट्रसँग भिड्दै नेपाल, ब्याडमिन्टनमा क्वार्टरफाइनल लक्ष्य

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

रसुवा बाढीबारे संसद्बाट विशेष प्रस्ताव पारित

Criminal Fraudsters Threaten America’s Public Lands and Wildlife

Low-Wage Workers Face Threats as Corporate Leaders Remain Silent

Imagining a World Without 9/11: The Impact on America and Beyond

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu