ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्तो हुन्छ ‘डुप्लेक्स घर’ कसरी तयार भायो यसको अवधारणा


एबीसी / संवाददाता

काठमान्डौ १६ भदौ

सामान्यतयाः दुई तल्ला भएको घरलाई ‘डुप्लेक्स घर’ भनिन्छ । यस्तै तीन वा सो भन्दा बढि तल्ला भएकोलाई क्रमशस् ट्रिप्लेक्स र मल्टिप्लेक्स भनिन्छ ।

डुप्लेक्स हाउसको अवधारणा र विशेषता देशअनुसार केहि फरक पाइन्छ । जस्तै नेपाल र भारत लगायतका एशियाली मुलुकहरुमा डुप्लेक्स हाउसमा एउटै घर भित्र दुई तल्ला हुन्छ र प्रायः एउटा किचेन र एउटा डाइनिङ रुम मात्रै हुन्छ ।

युरोप अमेरिकातिर डुप्लेक्स हाउस भनेको एकापसमा सँगै रहेका दुई अलग–अलग घर हुन् जसको प्रवेशद्वार पनि अलग हुन्छन् । यसमा प्रत्येक घरमा अलग–अलग किचेन हुन्छ र प्रायः मानिसले एउटामा आफु बसेर अर्को चाहिँ भाडामा दिन्छन् ।

खासमा डुप्लेक्स हाउस भनेको एकल घर हो जसभित्र दुई तल्ला हुन्छ र एउटै परिवार बस्ने हिसाबले बनाइएको हुन्छ । माथिल्लो तल्लामा जानको लागि घरको भित्रबाटै भर्‍याङ बनाइएको हुन्छ ।

डुप्लेक्स हाउसको इतिहास

डुप्लेक्स शब्द ल्याटिन शब्दबाट आएको हो जसको अर्थ दुईवटा घरहरु भन्ने हुन्छ । पहिलो डुप्लेक्स घरहरुको निर्माण संयुक्त राज्य अमेरिकामा भएको हो । धेरै वर्ष पहिले एन्ड्रयु र सराह नामका स्वीडेनका आप्रवासी जो अमेरिकामा बस्थे, उनीहरुको भेट भई बिवाह भयो । उनीहरुका सात सन्तान भए र यो परिवार ‘लोवा’ भन्ने ठाँउमा बस्दै आएका थिए ।

आजकल काठमाण्डौमा बनेका केही अपार्टमेन्टले डुप्लेक्स अपार्टमेन्ट युनिटहरु बनाउन थालेका छन् । एउटा परियोजनामा कम संख्यामा यस्ता डुप्लेक्स अपार्टमेन्ट युनिटहरु बनाइएको हुन्छ जहाँ लिभिङ हलबाट भर्‍याङमार्फत् माथिल्लो तलामा जान सकिन्छ ।

पछि एन्ड्रयुले परिवार छोडीइ अर्कै युवतीसँग घरजम गरे । त्यसपछि सराह आफ्ना सात सन्तानलाई लिएर एक्लै बस्न थालिन् । उनी सबै सन्तान लिएर ‘मिनियपोलिस’ भन्ने ठाँउमा बसाई सरेर गइन् । आफ्नो पुरै परिवारलाई सँगै राख्नका लागि सन् १९०४ मा सराहले आफ्नो पहिलो घर बनाइन् जसलाई उनले डुप्लेक्स नाम दिइन् । त्यसपछि सबै मेलिन परिवारले यो अवधारणालाई आत्मसात गर्न थाले । उनीहरुले दुई वटा थप डुप्लेक्स हाउस बनाएर भाडामा दिए । बिस्तारै उनीहरु बिल्डर्स बन्न पुगे र परिवारहरु एकत्रित भएर एकै ठाँउमा बस्नुपर्छ भन्ने लक्ष्यका साथ डुप्लेक्स घरहरु बनाउँदै गए ।

यो अवधारणा निकै लोकप्रिय बन्दै गयो र मानिसहरुलाई आफ्नो परिवारमा रहेका उमेर बढि भएका बा–आमा तथा हुर्किदै गरेका साना केटाकेटी सबै एकैसाथ मिलेर बस्नुपर्छ भन्ने महशुस हुन थाल्यो । यसरी डुप्लेक्स हाउसमा बस्दा घर भित्रै बेग्लै फ्लोर पनि हुने भयो जसले गर्दा गोपनीयता पनि रहने परिवारका सदस्य नजिक रहन पनि सक्ने भयो ।

यो अवधारणा विश्वभर फैलिदै गयो र अहिले डुप्लेक्स हाउस निकै लोकप्रिय बन्न पुगेको छ । आवासको लागि अपार्टमेन्ट पछि डुप्लेक्स घरलाई मानिसले रुचाउने गरेका छन् ।

 

आजकल काठमाण्डौमा बनेका केही अपार्टमेन्टले डुप्लेक्स अपार्टमेन्ट युनिटहरु बनाउन थालेका छन् । एउटा परियोजनामा कम संख्यामा यस्ता डुप्लेक्स अपार्टमेन्ट युनिटहरु बनाइएको हुन्छ जहाँ लिभिङ हलबाट भर्‍याङमार्फत् माथिल्लो तलामा जान सकिन्छ ।

डुप्लेक्स र दुई तल्ले घरको भिन्नता

दुई तल्ले घर र डुप्लेक्स हाउस बिचको मुख्य भिन्नता भनेको डुप्लेक्स घर पूर्ण घर हो जुन एक परिवारको लागि बनेको हुन्छ र यसमा एउटै मात्र भान्सा हुन्छ ।

दुई तल्ले घर भनेको दुई वा दुईभन्दा बढि परिवार बस्न मिल्ने गरी बनेको घर हो । यसमा प्रत्येक परिवारको लागि तलैपिच्छे अलग–अलग भान्सा हुन्छन । एउटै घरमा तल्ला छुट्टिने भएकोले फरक–फरक परिवार यस घरमा रहन सक्छन् ।

डुप्लेक्स र भिल्लावीच भिन्नता

भिल्ला धेरै आलिशान र विलासी हुन्छ जसमा बगैंचा, पौडी पोखरी, जिम हल आदि सुविधा हुन्छन । भिल्ला दुई वा दुई भन्दा बढि तल्लाको हुन्छ । रोमन सभ्यता कालमा यसको उत्पत्ति भएको मानिन्छ । यसलाई समर होम पनि भनिन्थ्यो । धनाढ्य र प्रतिष्ठित नागरिकहरु भिल्लामा बस्न रुचाउँथे । भिल्लाहरु अग्ला पर्खालले घेरिएको हुन्छ र गोपनियता सुनिश्चित हुन्छ ।

डुप्लेक्स हाउसको क्षेत्रफल ठूलो हुँदैन र यसमा जिमहल, स्वीमिङ पुल आदिको सुविधा पनि हुँदैन । सानो बगैंचा भने प्रायःले बनाएका हुन्छन् र आवश्यकताअनुसार कुनै एउटा कोठालाई जिम तथा व्यायाम गर्ने कोठाको रुपमा रुपान्तरण गर्न भने सकिन्छ । डुप्लेक्स घर मध्यम संख्याको एकल परिवारको लागि हो ।

डुप्लेक्स र पेन्टहाउसको भिन्नता

पेन्टहाउस भनेको बिल्कुलै नयाँ र परिष्कृत आवासको अवधारणा हो । अपार्टमेन्ट अथवा अग्ला भवनको सबैभन्दा माथिल्लो तल्लामा पेन्टहाउस बनाईन्छ । पेन्टहाउस पनि स्वतन्त्र र आलिशान घर हो । यसमा पनि जिम हल र मध्यम आकारको अलग स्वीमिङ पुल हुन्छ । कतिपय पेन्टहाउस दुई तल्लाको पनि हुन्छ जहाँ भर्‍याङ भित्रैबाट राखिएको हुन्छ ।

फ्ल्याट वा अपार्टमेन्ट मर्मत गर्न र भाडामा लगाउन वा बेच्न सजिलो हुन्छ । फ्ल्याटको तुलनामा डुप्लेक्स ठूलो घर हो र यसमा एउटै मात्रै भान्सा हुने भएकोले यसको केहि हिस्सा भाडामा दिन्छु भन्न पनि अप्ठ्यारो हुन्छ । यसको मर्मतसम्भारमा पनि मोटो रकम खर्च हुन्छ ।

डुप्लेक्स भनेको दुई वटा फ्लोर रहेको घर हो र यो पेन्टहाउस जस्तो विलासी हुँदैन ।

डुप्लेक्स र फ्ल्याटमा कुन उचित

फ्ल्याट वा अपार्टमेन्ट मर्मत गर्न र भाडामा लगाउन वा बेच्न सजिलो हुन्छ । फ्ल्याटको तुलनामा डुप्लेक्स ठूलो घर हो र यसमा एउटै मात्रै भान्सा हुने भएकोले यसको केहि हिस्सा भाडामा दिन्छु भन्न पनि अप्ठ्यारो हुन्छ । यसको मर्मतसम्भारमा पनि मोटो रकम खर्च हुन्छ ।

डुप्लेक्स घर किन्ने वा भाडामा लिने रकमले स–सानो दुईवटा फ्ल्याट किन्न वा भाडामा लिन सकिन्छ । एउटा फ्ल्याटमा आफ्नो परिवार बसेर अर्को फ्ल्याट भाडामा लगाएर आम्दानी बढाउन पनि सकिन्छ ।

 

अहिले कतिपय ठाँउमा डुप्लेक्सलाई पनि परिमार्जन गरी दुई अलग तल्ला बनाउने गरेको पनि पाइन्छ । जसमा बाहिरै बाट भर्‍याङ राखेर दुईवटै फ्लोरमा अलग अलग भान्सा र डाइनिङ हलको सुविधा गरिएको हुन्छ ।

डुप्लेक्स र फ्ल्याट वा अपार्टमेन्टको बसाईमा तपाई आफ्नो इच्छा, आवश्यकता र क्षमताको आधारमा निर्णय लिन सक्नुहुन्छ । डुप्लेक्स हाउस जहिले पनि राम्रो लोकेसनमा हुनुपर्छ ।

डुप्लेक्समा लगानीका जोखिमहरु

डुप्लेक्समा लगानी गर्दा केहि जोखिमहरु अवश्य पनि समावेश भएको हुन्छ । प्रायः मान्छेले डुप्लेक्स किन्ने भनेको सौखले पनि हो र परिवारको सङ्ख्या ठूलो हुँदा ठूलो ठाँउमा बस्न मिलोस भनेर सहजताको लागि पनि हो ।

त्यसैले डुप्लेक्स हाउसले लगानीको राम्रो प्रतिफल दिन्छ भन्ने कुरा निश्चित हुँदैन । त्यसैले डुप्लेक्समा लगानी गर्दा लोकेशनलाई एकदमै विचार गर्नुपर्छ । डुप्लेक्स अपार्टमेन्टको अवधारणालाई रुचाइने ठाँउ जहाँ धेरै डुप्लेक्स घरहरु हुन्छ, त्यस्तो ठाँउमा डुप्लेक्स बनाउनुपर्छ ।

नेपालमा धेरै जसो मानिसहरु सामान्य घर, बङ्लोमा बस्न रुचाउने र केहि प्रतिशतले अपार्टमेन्ट तथा कोलोनीको घरलाई प्राथमिकता दिने हुँदा डुप्लेक्सको माग कमै मात्रामा हुने गरेको छ । केहि सिमित समूहले डुप्लेक्समा रुची राख्ने हुनाले डुप्लेक्स खरिद वा निर्माण गर्दा परिवेश र स्थानलाई महत्व दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com