ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निपाह भाइरसको उच्च जोखिममा नेपाल, कसरी बच्ने ?


एबीसी / संवाददाता
२८ भदौ २०७८, सोमबार   १० : ५४   बजे

काठमाडौं । भारतमा निपाह भाइरसका बिरामी देखिन थालेपछि नेपालको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सजग रहन आग्रह गरेको छ । एनआईभी भनिने निपाह भाइरसको सङ्क्रमण भरतमा देखिएकाले नेपालमा पनि फैलिने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारी बताउँछन् । रोग नियन्त्रण महाशाखाले रोगको यकिन निदान नहुँदै वा तीव्र भाइरस सङ्क्रमणको अवस्था बिग्रँदै गएका र मृत्यु भएका बिरामीहरूको समयमै अनुसन्धान गरी न्यूनीकरण गर्न र तत्काल रिपोर्टिङ गर्न देशभरका अस्पताललाई निर्देशन दिएको छ ।

नेपाल–भारत खुला सीमा भएकाले यो भाइरस नेपालमा पनि फैलन सक्ने जोखिम बढेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । २१ मे २०१८ मा दक्षिण भारतीय राज्य केरलामा निपाह भाइरसका कारण १२ जनाको मृत्यु भएको थियो । भारतकै केरला र उत्तर प्रदेशमा निपाह भाइरस सङ्क्रमितहरूको उपचारमा संलग्न नर्सको पनि मृत्यु भएको थियो । भारतमा निपाह भाइरसका बिरामी देखिन थोलेपछि नेपाली पनि सचेत हुनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा। अधिकारी बताउँछन् ।

सरुवा रोग भारतमा देखियो भने नेपालमा पनि देखिने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘कोरोना सङ्क्रमण भारतमा बढ्यो भने नेपालमा पनि बढ्छ, सङ्क्रमण त्यहाँ घट्यो भने यहाँ पनि घट्छ । त्यसैले सजग हुनुपर्छ ।’ विश्व स्वास्थ्य सङ्गठनले निपाह भाइरसलाई ठूलो महामारीका रूप लिन सक्ने दस घातक रोगमध्ये एउटा भनेको छ । भारतका विभिन्न ठाउँमा नेपाली कामदार कार्यरत छन् । चाडपर्व नजिकिँदै गर्दा भारतका विभिन्न भागबाट स्वदेश भित्रिने नेपाली बढेसँगै निपाह भाइरस पनि सर्ने जोखिम बढ्छ ।

निपाह भाइरस मान्छेबाट मान्छेमा एक त छँदैछ अर्कोतिर यो भाइरस पाइने चमेरा नेपालमा पनि पाइन्छ । यस्तै भारतबाटै सुँगुर, बङ्गुर यहाँ आयात गरिने हुँदा यो भाइरसको सङ्क्रमणको जोखिम धेरै छ । सरकारले निपाह भाइरस सङ्क्रमणको जोखिम बढ्न सक्ने भनेको छ तर यस भाइरस बारेमा अध्ययन अनुसन्धान भने थालिएको छैन ।

 

यो कस्तो प्रकारको रोग हो र ?

निपाह भाइरस पशुबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । यो गम्भीर प्रकृतिको सङ्क्रामक रोग हो । प्राकृतिक रूपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा यो भाइरस पाइन्छ ।

चमेरो, बङ्गुरबाट निपाह भाइरस मान्छेमा सर्छ । सरुवा रोग विशेषज्ञहरूका अनुसार चमेराले खाएका फलफूलमा –याल मिसिन्छ र त्यस्ता फलफूल मानिसले खाएपछि सर्ने जोखिम हुन्छ । फ्रुट ब्याट जातको चमेरोले खाएको जुठो फलफूलबाट सर्छ । निपाह भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा पनि सर्छ । यस्तै सङ्क्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि सर्छ ।

निपाह भाइरसको सङ्क्रमण पहिलो पटक सन् १९९९ मा सिङ्गापुर र मलेसियामा पहिचान भएको थियो । त्यसपछि २१ मे २०१८ मा दक्षिण भारतीय राज्य केरलामा देखिएको थियो । त्यही फ्रुट ब्याट भाइरस पशुपन्छी तथा फलफूलको माध्यमबाट निपाह भाइरस सर्ने जोखिम हुने सरुवारोग विशेषज्ञहरूको भनाइ छ ।

लक्षण

मान्छेमा निपाह भाइरसको सङ्क्रमण भएमा यस्ता लक्षण देखिन्छन् । साता दस दिनपछि ज्वरो आउने, टाउको दुख्ने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या, स्मरण शक्तिमा कमी र मस्तिष्क सुनिने जस्ता लक्षण देखापर्छन् ।

निपाह भाइरसबाट कसरी जागिने

निपाह भाइरसको सङ्क्रमणबाट बच्नका लागि विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । निपाह भाइरस भएका बिरामीको स्याहार सम्भार तथा हेरचाह गरेपछि राम्रोसँग साबुनपानीले हात सफा गर्नुपर्छ ।

–बङ्गुर तथा सुँगुरको नजिक जाँदा सचेत हुने ।

–चमेराले जुठो हालेका फलफूल खानु हुँदैन ।

–फलफूल राम्रोसँग पखालेर मात्रै खाने ।

–गाईवस्तुको गोठ र फार्म सफा राख्ने ।

–मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने ।

–सकेसम्म पानी उमालेर मात्रै पिउने ।

–बेलाबेलामा साबुन पानीले हात धुने ।

–भीडभाडमा जाँदा मास्क लगाउने ।

–निपा भाइरसको लक्षणको जस्तो देखिएमा सङ्क्रमण भएको हो कि होइन भनेर प्रयोगशालामा पीसीआर वा एलैजा विधिको प्रयोग गरेर रगत, पिसाब, नाक, कान र घाँटीको परीक्षण गराउने ।

यसको औषधि छ कि छैन

निपाह भाइरसबाट लाग्ने रोगको उपचार छैन । हालसम्म यो भाइरसको औषधिको विकास भएको छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो भाइरस विरुद्धको औषधि पत्ता लागेको छैन । यस्तै निपाह भाइरसविरुद्धको खोप पनि विकास भएको छैन । यो रोग लागेपछि आईसीयूमा राखेर उपचार गर्नुपर्छ । विशेषज्ञका अनुसार यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमामा जान सक्छन् । यो भाइरसबाट रोग लागेका मध्ये ७० प्रतिशत मानिसको मृत्यु हुनेगरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

गण्डकीको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Floods: Father’s Desperate Search for Missing Son

Egyptian Tour Guide Abbas Sayed Bridges Cultures Between China and Egypt

Moderate Rainfall Expected in Bhotekoshi Flood-Affected Areas

HoR Meeting to Discuss Bhotekoshi Flood Response

Flood Insurance Claims Reach Rs. 25.87 Billion in Nepal

भारतबाट नेपालमा ११ सदस्यीय उद्धार टोली, ५.५ टन औषधि पठाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu