ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजेन्द्र लिङ्देल एमाले प्रवेश गरे सांसद पद नै गुम्ने


sharan sharan
२१ पुस २०७४, शुक्रबार   १ : १२   बजे

काठमाडौं,२१ पुस । वाम गठबन्धनको समर्थनमा झापा–३ बाट निर्वाचित राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन एमाले प्रवेश गर्ने चर्चा चुनाव अघि नै सुरु भएको छ ।तर यता भने राजेन्द्र लिङ्देल एमालेमा प्रवेश गर्ने कुनै योजना नभएको आफुले न सोचेको बताएका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाको गाई चिन्हबाट देशभरबाट जित्ने एक मात्र प्रतिनिधिसभा सदस्य लिङ्देन एमाले प्रवेश गर्ने चर्चा अझै पनि सेलाइ सकेको छैन । देशभरका अरु सबै निर्वाचन क्षेत्रमा कांग्रेससँग गठबन्धन गरेको राप्रपाले झापामा भने वाम गठबन्धनसँग तालमेल गरेको थियो ।


झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार भएपछि वाम गठबन्धनले ओलीको जित सुनिश्चित गर्न झापाभर राप्रपासँग तालमेल गरेको थियो । अरु जिल्लामा कांग्रेससँग मिलेर प्रतिस्पर्धामा उत्रेको राप्रपालाई त्यस क्षेत्रमा मात्र किन सहयोग गर्ने भन्ने कार्यकर्ताको जिज्ञासालाई थामथुम पार्न एमाले नेताहरुले चुनावपछि लिङ्देनलाई एमाले प्रवेश गराउने आश्वासन दिएर चुनावमा खटाएका थिए ।
तर नेताहरुले भने जस्तो लिङ्देनलाई एमाले प्रवेश गर्ने बाटो राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले बन्द गरिदिएको छ । यदि लिङ्देन एमालेमा प्रवेश गर्नुभयो भने उहाँको सांसद पद नै गुम्ने देखिएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ ले प्रतिनिधिसभामा जुन पार्टीबाट उम्मेदवार भएको हो त्यो पार्टी परित्याग गर्न बन्देज लगाएको छ ।
दफा ३१ (१) मा भनिएको छ, ‘कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदकोे पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन ।’
यदि निर्वाचित सदस्यले उपदफा १ विपरीतको काम गरेमा वा दल त्याग गरेमा उसको सांसद पद नै गुम्ने व्यवस्था उपदफा २ मा गरिएको छ । त्यसमा भनिएको छ, ‘उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ ।’ यो व्यवस्थाअनुसार लिङ्दलेन प्रतिनिधिसभाको यो कार्यकालभर एमाले वा अरु कुनै पार्टीमा प्रवदेश गर्नुभयो भने झापा–३ मा फेरि चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu