ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीमा ओमिक्रोन बढेसँगै गड्डाचौकीमा परीक्षण तीव्र


एबीसी / संवाददाता
२० पुस २०७८, मंगलबार   ३ : ३१   बजे

महेन्द्रनगर । कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ ।कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट दिल्ली ३५२ किलोमिटरको दूरीमा छ । जहाँ तीव्र रुपमा ओमिक्रोन सङ्क्रमित देखिँदा सुदूरपश्चिम प्रदेश र यहाँका स्वास्थ्य कार्यालय भारतबाट स्वदेश फर्किनेलाई एन्टिजेन टेष्टका साथै कोरोना विरुद्धको खोप अभियान तीव्र रुपमा अघि बढाइएको छ ।

भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायतका सहरमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले ओमिक्रोनको उच्च जोखिममा कञ्चनपुर रहेको बताउनुभयो ।“ दिल्लीमा सङ्क्रमण बढिरहँदा अरु भन्दा हामी बढी जोखिममा छौं ।” उहाँले भन्नुभयो,“त्यसैले भारतबाट आउनेको कोरोना परीक्षण र खोप लगाउने प्रबन्ध गड्डाचौकी नाकामै मिलाएका छौं ।”उहाँले कोरोना परीक्षणसँगै क्षयरोग र मलेरिया जाँचसमेत नाकामै हुने गरेको बताउनुभयो ।“ सोमबार मात्रै नाकामा चारजना भारतबाट फर्किनेमा कोरोना देखियो ।” उहाँले भन्नुभयो,“ सङ्क्रमितलाई महाकाली प्रादेशिक अस्पतालमा राखेर नमूना परीक्षण गर्न काठमाडौँ पठाएका छौं ।”उहाँले एन्जिेटन विधिबाट कोरोना देखिएकाको स्याम्पल नमूना सङ्कलन गरेर ओमिक्रोनबारे पत्ता लगाउन काठमाडाँै बढाउने गरेको बताउनुभयो ।

“ ओमिक्रोन कोरोनाकै एउटा प्रजाती र नेपालमा आगामी माघ दोस्रो सातायता आउन सक्ने प्रक्षेपण पनि गरिएको छ ।” उहाँले भन्नुभयो–“ नाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्यपरीक्षण र होल्डिङ सेन्टरको प्रबन्धका लागि सरोकारवाला निकायसित समन्वय गरिरहेका छौं ।”उहाँले विगतको भन्दा थप सवल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटिसकेको जानकारी दिनुभयो ।उहाँले खुल्ला सीमा नाकाका कारण सङ्क्रमण नियन्त्रणमा समस्या रहेको बताउनुभयो ।“ अवैध नाकाबाट भारतबाट मान्छे आउन नदिनु नै चुनौतीको विषय छ ।” उहाँले भन्नुभयो–“ गड्डाचौकी नाकाबाट आउनेमध्येमा कोरोना देखिएकै छ ।”

स्वास्थ्य कार्यालयले जिल्लामै ओमिक्रोन परीक्षण जिल्लामै गर्ने तयारी गरिएको बताउनुभयो ।“ पिसिआर ल्याबबाट ओमिक्रोन पत्ता लगाउन सकिन्छ ।” उहाँले भन्नुभयो,“त्यसका लागि छुट्टै एन्जिेटन र केमिकल चाहिन्छ ।” त्यसैगरी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले ओमिक्रोन रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई बढाउने तयारी गरिएको बताउनुभयो ।

“यहाँका जिल्लामा ४५ देखि ६० प्रतिशतसम्म खोपमा प्रगति भएको छ ।” जोशीले भन्नुभयो–“९० प्रतिशतसम्म खोप लगाउने लक्ष्यका साथ अघि बढ्दै छौं ।”उहाँले प्रदेशसित भेरोसेल, फाइजरलगायतका खोप मौज्दात रहेको बताउनुभयो । “सिमानामा हेल्थ डेस्कमार्फत परीक्षणदेखि खोप अभियानसम्म निरन्तर नै छ ।” उहाँले भन्नुभयो–“ भारतमा सङ्क्रमण देखिएका सहरहरुसित दूरीका हिसाबले हामी नजिक भएकाले उच्च सर्तकता अपनाउन आवश्यक छ ।”

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले आज बिहान मात्रै भारतबाट स्वदेश फर्किन लागेका ८ जनामा नाकामा परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।“अलि पहिलेसम्म सातामा एक–दुई जनामा यहाँ सङ्क्रमण देखिन्थ्यो ।” उहाँले भन्नुभयो–“ तर हिजोआज सङ्क्रमण दर बढ्न थालेको देखियो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

John Ternus Takes Over As Apple CEO After Tim Cook’s 15-Year Tenure

Health Crisis Looms as Gaza Heads Towards Rainy Season

Prime Minister’s Relief Fund Receives Over Rs 6 Billion for Flood Victims

Nepal’s Home Minister Assures Continued Rescue Efforts in Flood-Affected Hydropower Tunnels

Chinese Ambassador Meets RSP Leader Amid Flood Recovery Efforts

China’s Xi Jinping Visits Egypt Amid Regional Turmoil

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu