ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमानाकाबाट दैनिक ४० देखि ११० जनासम्म कोरोना सङ्क्रमित बोकेर अस्पत्ताल लैजाने सुरेन्द्रको कथा


एबीसी / संवाददाता

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गरिरहनु हुन्छ । कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर फैलिएका बेला उहाँ सीमानाकाबाट दैनिक सङ्क्रमित बोकेर महाकाली प्रादेशिक अस्पताल पु¥याउने गर्नुहुन्छ । यसरी सङ्क्रमित बोक्ने कडायत एक्लो एम्बुलेन्स चालक हुन् ।

कठायत गत साउनदेखि भीमदत्त नगरपालिकामा ज्यालादारीमा एम्बुलेन्स चालकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँको ड्यिुटी भनेकै सङ्क्रमितलाई अस्पताल पु¥याउने हो । “हरेक दिन बिहान ६ देखि बेलुकी ८ बजेसम्म एम्बुलेन्स हाँकेर गड्डाचौकी नाका पुग्छु”, कठायतले भन्नुभयो, “त्यहाँ भारतबाट आउने यात्रुको कोरोना परीक्षण गरिन्छ, सङ्क्रमित देखिएमा उनीहरुलाई महाकाली अस्पताल पु¥याउँछु ।”

सरकारले कोरोना कहरमा स्वास्थ्यकर्मीसँगै एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने सेना र सरसफाइकर्मीलाई कोरोनाको अग्रपङ्क्तिमा खटिने कर्मचारीको सूचीमा राखेको छ । भीमदत्त नगरपालिकाको एम्बुलेन्समार्फत् दैनिक ४० देखि ११० जनासम्म सङ्क्रमित नाकाबाट अस्पताल पु¥याएको कठायतसित तथ्याङ्क छ ।

“नाकामा कोरोना परीक्षण गरिन्छ, सङ्क्रमित देखिए पनि सितिमिति अस्पताल जान आनाकानी गर्छन्”, कठायतले भन्नुभयो, “सङ्क्रमितको अवस्था हेरेर वडा कार्यालयको सिफारिसमा होम आइसोलेसनका लागि घरमै छाड्ने गरिएको छ ।” दिनभरि एम्बुलेन्समा सङ्क्रमित बोक्ने गर्नुभएका उहाँ राति घरमा भने छुट्टै कोठामा बस्ने गरेको बताउनुहुन्छ । “परिवारका सदस्यहरुको पनि ख्याल गर्नैप¥यो”, उहाँले भन्नुभयो, “महामारीमा सङ्क्रमितलाई अस्पताल पु¥याउनु सेवा सम्झेर काम गर्ने गरेको छु ।”

कठायतलाई घर गएर खाना खाने फुर्सदसमेत हुँदैन । त्यसले उहाँले कोरोना अस्पतालमै खाना खानुहुन्छ । कोरोना जोखिमका बेला काम गर्ने चालकलाई भत्ता दिएकोबारे उहाँलाई केही पनि थाहा छैन । उहाँले भन्नुभयो, “महामारीमा अग्रपङ्क्तिमा खटिने एम्बुलेन्स चालकलाई त जोखिम भत्ता दिनैपर्ने हो ।”

भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र जोशी नगरपालिकाले गड्डाचौकीमा कोरोना परीक्षण, खोप अभियान र सङ्क्रमितलाई अस्पताल लैजाने कार्यमा सक्रिय भएर लागेको बताउनुभयो । “त्यहाँ अस्थायी होल्डिङ सेन्टरमा भारतबाट आउनेको नियमित स्वास्थ्य परीक्षण हुन्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमितलाई तत्कालै महाकाली अस्पताल पु¥याइन्छ ।”

कोरोनाको पहिलो र दोस्रो लहरमा सङ्क्रमित बोक्ने तथा शव व्यवस्थापनमा खटिएका महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स चालक दिपक विष्ट आफू दुई पटक सङ्क्रमित हुँदा पनि ड्यिुटीमै सक्रिय रहनुभएको थियो । “कोरोनाबाट मृत्यु भएका झण्डै ८० सङ्क्रमितको शव महाकाली घाटसम्म पु¥याए”, विगत सम्झिँदै विष्टले भन्नुभयो, “सुरुमा पिपिइ सेट लगाएर एम्बुलेन्स चलाए, गर्मी खप्न गाह्रो भएपछि त्यो पनि फुकाले ।”

दोस्रो लहरसम्म महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स चालक दिपक र रणबहादुर विष्ट रातदिन सङ्क्रमित बोक्नेदेखि शव घाटसम्म पु¥याउन सक्रिय रहेका थिए । “अहिले नगरपालिकाको एम्बुलेन्सले सङ्क्रमित अस्पतालसम्म पु¥याउने काम गरिरहेको छ ।” विष्टले भन्नुभयो, “अहिले हामी सङ्क्रमितलाई वडाको सिफारिसका आधारमा घरसम्म छाड्न जाने क्रममा फाट्टफुट्टरुपमा खटिएका छौँ ।”

दोस्रो लहरसम्म सङ्क्रमितलाई उपचारका लागि नेपालगञ्ज र काठमाडौँसम्म लिएर गएको उहाँले बताउनुभयो । “डराउँदै सङ्क्रमित बोक्नुपर्ने परिस्थितिको पनि सामना गरियो”, विष्टले भन्नुभयो, “प्रतिकूल अवस्थामा पनि घरपरिवार नभनी काम गरियो ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com