ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लामा सुरु भयो कोभिड–१९ विरुद्धको तेस्रो खोप


एबीसी / संवाददाता
१६ माघ २०७८, आइतबार   ५ : १४   बजे

हुम्ला, १६ माघ । कोभिड–१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सातवटै गाउँपालिकाका सर्वसाधारणालाई खोप लगाउन स्वास्थ्यकर्मी खटाएको हो ।

हिमपातका बीच गाउँगाउँमा गएर तेस्रो डोजको खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरू खटाइएको छ । जिल्लामा कोभिडसिल्ड १४ हजार ४०२, भेरोसिल्ड २० हजार ८००, जोनसोन एक हजार १००, एस्ट्राजेनेका तीन हजार ८९० र मोडर्ना ३७० खोप आइसकेको छ । तेस्रो डोजको खोप लगाउने कार्य सुरु भइसकेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । नेपाली सेना, नेपाली प्रहरी, नेपाली सशस्त्र प्रहरी बल, कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरू गरी ३०० जनामा तेस्रो खोप लगाइसकेको र जोसुकैलाई पनि हुम्ला जिल्ला अस्पतालमा तेस्रो खोप लगाउनका लागि खुला गरिएको छ । त्यसैगरी हुम्ला जिल्लाको उत्तरी सिमानाको नाम्खा गाउँपालिका–५ र ६ मा भने अत्यधिक हिमपात भएका कारणमा त्यसतर्फ स्वास्थ्यकर्मीहरूलाई पठाउन कठिनाइ भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

नागरिकले अनुभूति गर्ने विकासमा केन्द्रित हुन कर्णाली सरकारलाई पूर्वमुख्यमन्त्रीहरूको सुझाव

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

कर्णालीलाई अभावको थलो होइन, समृद्धिको केन्द्रका रूपमा हेर्नुपर्छ : प्रदेश प्रमुख जोशी

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu