ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जामन्त्री भुसालसँग भारतीय ऊर्जा सचिवको शिष्टाचार भेट


एबीसी / संवाददाता
१२ फाल्गुन २०७८, बिहिबार   १२ : २४   बजे

काठमाडौँ, १२ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

सो अवसरमा उहाँहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ । नेपालसँग भएको जलविद्युत् आपसी सहकार्यबाट प्रयोगमा ल्याएर आपसी आवश्यकता परिपूर्ति गरेर आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले उत्पादन तथा व्यापारमा सहज सहकार्य आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो,“हामीसँग भएको ऊर्जा स्रोतको प्रयोग आपसी सहकार्यबाट दुवै देशको विकासका लागि प्रयोग गर्नुपर्छ । त्यसका लागि द्विपक्षीय सहकार्य आवश्यक छ ।” ऊर्जा सहकार्यबारे थप प्रष्ट पार्दै मन्त्री भुसालले भन्नुभयो, “पहिलो हामीबीच ऊर्जाको व्यापार सहज हुनुपर्छ । यहाँबाट दुवै देशको विकासका लागि मद्दत पुग्छ र दोस्रो तेस्रो मुलुकमा ऊर्जा व्यापारका लागि सहज अवस्था सिर्जना गर्नुपर्छ । यस अर्थमा सचिवस्तरीय बैठक फलदायी हुने मैले विश्वास लिएको छु ।” भारतीय ऊर्जा बजारमा नेपाले उत्पादन गरेको ऊर्जा व्यापारको वातावरण सहज तुल्याइदिन आग्रह गर्दै मन्त्री भुसालले असल मित्रराष्ट्रले आफ्नो छिमेकीमुलुकको समृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा भारतीय ऊर्जा सचिव कुमारले ऊर्जा व्यापारले आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ऊर्जा व्यापारका लागि सहज वातावरण बनाउन आफूहरु सकारात्मक रहेको जनाउँदै उहाँले भन्नुभयो,“भारत, बङ्गलादेशसँग व्यापार अनुमति दिनका लागि हामी सकारात्मक छौँ ।” काठमाडौँमा जारी बैठकले सफल नतिजा दिने आशा व्यक्त गर्दै उहाँले भन्नुभयो, “मलाई आशा छ, यो बैठकमा हामी सफल हुनेछौँ ।” सचिव ओलकले अरुण तेस्रो तीव्र गतिमा अगाडि बढेको जनाउँदै भन्नुभयो, “मैले यो आयोजना चाँडो सम्पन्न गर्न भनेको छु यसले आपसी मित्रता थप प्रगाढ बनाउनेछ ।” बैठकमा ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिव बाबुराम भण्डारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका अधिकारको सहभागिता थियो भने भारतका तर्फबाट सचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका भारतका अधिकारी एवं नेपालस्थित भारतीय राजदूतावासका उच्चअधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group