ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वरोजगार बन्दै जुम्लाका महिला


एबीसी / संवाददाता
१४ फाल्गुन २०७८, शनिबार   २ : १९   बजे

खलङ्गा, १४ फागुन । चन्दननाथ नगरपालिका-६ की सङ्गीता रावलको दुई वर्षअघिसम्म कमाइ केही थिएन । घरपरिवारको गुजारा चलाउन निकै गाहे हुन्थ्यो । आर्थिक उपार्जनका लागि उनले सीपमूलक तालिन लिइन् । अहिले उनलाई परिवार चलाउन सहज भएको छ । आर्थिक आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक विकास कार्यालय जुम्लाले एकमहिने हाते होजियारी सीप सिक्ने व्यवस्था गरेपछि सङ्गीता विस्तारै आत्मर्निभर बन्न थालेकी छिन् । “तालिमले आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न भएको आभास दिलाएको छ”, उनले भनिन्, “सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा लागेकी छु ।” यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याएको उनको भनाइ छ ।

“एक महिनासम्म आर्थिक आर्जन गर्ने सीप सिक्यौँ”, सङ्गीताले भनिन्, “अब घरमै बसेर सिकेको सीप व्यवहारमा ल्याएर व्यावसायिक बन्ने कार्यमा जुट्छौँ । टोपी र मोजा बुन्न सिकेका छौँ । घरमै बसेर टोपी र मोजा बुनेर नजिकैको बजारमा बिक्री गर्न सहज भएको छ । यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याएको छ ।” चन्दननाथ-४ की अमृता भारतीलाई पनि यस तालिमले व्यावसायिक बन्न पे्ररित गरेको छ । सानो लगानीमा सञ्चालन गर्न सकिने व्यवसाय भएकाले सहजै चलाउन सकिने छ । सिकेको सीप कहिले पनि खेर नजाने भएकाले जुनसुकै बेला काम लाग्ने उनको भनाइ छ । “सीप सिकेर मात्र हुँदैन”, उनले भनिन्, “उत्पादन गरी त्यसलाई बिक्री पनि गर्न सक्नुपर्दछ ।” सङ्गीता र अमिृता मात्र होइन, जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका बेरोजगार महिला अहिले सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । गरिब तथा विपन्न वर्गका महिलालाई आर्थिक तथा सामाजिक रूपमा अगाडि बढाउन यसप्रकारका तालिमको आयोजना गरेको सामाजिक विकास कार्यालयले जनाएको छ । कुनै बेला श्रीमान्सँग हात थापेर गुजारा गर्ने यी महिलाहरू अहिले आर्थिक रूपमा आफैं सवल बन्न थालेका छन् । अर्थले मान्छेको जीवनमा ठूलो प्रभाव पार्छ । उनीहरू पनि समाजमा आर्थिक रूपमा सक्षम बन्दै गएका छन् । आफूहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सहयोग गर्नेप्रति उनीहरू खुसी छन् । पछिल्ला दिनमा हरेक क्षेत्रका महिला आत्मनिर्भर हुँदै आएकोमा यहाँका महिलाले गरेका उत्पदानका कामले अरू पनि प्रभावित भएका छन् । उनीहरूका परिवार पनि यसबाट खुसी छन् । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले सीपलाई व्यावसायिकरूपमा अगाडि बढाउन महिलालाई आग्रह गर्नुभयो । बजारमा पाइने रेडिमेडभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुनेहुँदा सीपलाई सही सदुपयोग गर्न उहाँले सुझाउनुभयो ।

जुम्लाको पातारासी गाउँपालिकाले गत आर्थिक वर्षमा २३२ वटा योजना सम्पन्न गरेको छ । पालिकाभित्रका सबै वडामा सो योजना सम्पन्नका लागि रु. १९ करोड १८ लाख ६३ हजार ६०० खर्च भएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो । स्थानीय समुदायका मागमा आधारित योजना सफतापूर्वक निर्माण गरी सञ्चालनमा आएका छन् । सो गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ तथा समीक्षा कार्यक्रमा अध्यक्ष बोहोराले सो जानकारी दिनुभएको हो । चालू आवमा एक स्थानीय तह एक खेल मैदान, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, कृषि कार्यालय जुम्लाको आलु पकेट सिँचाइ कार्यक्रमको २ प्रतिशत, राष्ट्रिय शैक्षिक सुधार कार्यक्रममा चार प्रतिशत, वित्तीय समानीकरणतर्फ २१ प्रतिशत, प्रधानमन्त्री रोजगार कार्यक्रममा सात प्रतिशत बजेट खर्च भइसकेको छ । यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रमको १७ प्रतिशत, सङ्घ सरकारको समपूरक र विशेष अनुदानतर्फको ३९ प्रतिशत, वित्तीय समानीकरणतर्फको अध्यक्ष/उपाध्यक्ष विकास कोषतर्फ २ प्रतिशत र नेपाल जलवायु परिवर्तन कार्यक्रमतर्फको आठ प्रतिशत रकम पालिकाले खर्च गर्न सफल भएको उहाँको भनाइ छ । पालिकाभित्र ४० वटा सडक निर्माण भई सञ्चालनमा आएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा ग्राभेल सडक ५१ हजार मिटर र २०७७/०७८ मा ७५ हजार मिटर सडक ग्राभेल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group