ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिका मन्दिरमा भक्तजनको भीड


एबीसी / संवाददाता
१९ चैत्र २०७८, शनिबार   २ : २१   बजे

काठमाडौँ, १९ चैत । चैते दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङको कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । अहिले मन्दिर परिसरको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्ने ठाउँको अभाब हुनाका साथ पूजा सामग्री खरिद गर्ने पसलमा भीड लागेको छ । मन्दिरमा लागेको भीड मूल प्रवेशद्वारसम्म नै पुगेकाले पोखरा–बागलुङ राजमार्गसमेत बेलाबेलामा जाम हुन थालेको छ ।

कोरोनाको महामारीका कारण विगत दुई वर्षको चैते दसैँमा नखुलेको कालिका मन्दिरमा अहिले काठमाडौँ, चितवन, भैरहवा, पोखरालगायत स्थानबाट भक्तजन दर्शनका लागि आएका छन् । उक्त मन्दिरमा वडा दसैँ र चैतेदसैँको नवरात्रमा ठूलो भीड लाग्ने गर्दछ ।

लामो समयपछि खुलेको उक्त मन्दिरमा दर्शन गर्नेको सङ्ख्या अधिक रहेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । कोरोनाका कारण लामो समयसम्म मन्दिर बन्द हुँदा भक्तजनले बलिसमेत दिन पाएका थिएनन् । अहिले बलि चढाउने, भाकल गर्ने तथा मन्दिर परिसरमा पूजापाठ लगाउनेको चाप बढेको उहाँको भनाइ थियो । मन्दिर क्षेत्रमा भीडभाड भएसँगै जिल्ला प्रहरी कार्यालयले सुरक्षा बढाएको छ । चैते दसैँको अवसरमा गुठीले यही चैत २४ देखि २८ गतेसम्म चैते दसैँ मेलासमेत आयोजना गरेको छ ।

मन्दिरमा चैत्राष्टमी र वडादसैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको भीड लाग्ने गरेको छ । उक्त मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group