ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा फैलिएको भाइरल सिजनल फ्लु भएको पुष्टि


एबीसी न्यूज
३० पुस २०७४, आइतबार   १२ : ०५   बजे

जाजरकोट, ३०पुस । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि प्रकोपका रूपमा फैलिएको भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु अर्थात् सिजनल फ्लु भएको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले रोग पत्ता लगाएको हो। बिरामी पाँचमध्ये एक जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु भाइरस फेला परेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए।

बिरामीको नमुना रगत संकलन गरेर केही दिनअघि मात्र प्रयोगशालामा पठाइएको थियो। अन्य चार जनामा भने कुनै प्रकारको लक्षण देखिएन। ‘एक जनामा देखिएको पनि सामान्य खालको सिजनल फ्लुको लक्षण होु, उनले भने, ‘यो जाडो समयमा लाग्ने सामान्य रुघाखोकी हो। एचवानएनवान भनेको स्वाइनफ्लु हो, त्योभन्दा यो अलि कमजोर खालको हो। यसबाट धेरै आत्तिनु पर्दैन।

लसम्म रुघाखोकी र ज्वरोका एक हजार सात सय ५५ बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। हाल प्रभावित क्षेत्रमा चार चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। टोलीले तीन ठाउँमा शिविर खडा गरेर उपचार गरिरहेको छ।

भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य सचिवसहितको टोलीले स्थलगत अवलोकन भ्रमण गरेको छ। सेनाको हेलिकोप्टरबाट प्रभावित जुनीचाँदेको मजकोटमा पुगेर टोलीले प्रकोपको अवस्था र उपचारको व्यवस्थाबारे निरीक्षण गरेको हो। परीक्षणका आधारमा केही बिरामीमा सिजनल फ्लु भएको पाइएपछि पूर्वमन्त्री शक्ति बस्नेतकोबिशेषपहलमा स्वास्थ्यसचिव डा. पुष्पा चौधरी नेतृत्वको टोली स्थलगत निरीक्षणका लागि शनिबार औषधिसहित प्रभावित क्षेत्र पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group