ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा शीतलहरबाट मुत्यु हुनेको संख्या २७ पुग्यो


admin
३० पुस २०७४, आइतबार   ५ : १३   बजे

सप्तरी, ३० पुस। सप्तरीमा चिसोले जनजिवन कष्टकर बन्दै गएको छ भने चिसोबाट मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ । शुक्रबार, शनिबार र आइतबार मात्रै चिसोबाट ८ जनाको मृत्यु भएको छ । यो सँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ भने हालसम्म १६ जनाको चिसोका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

पछिल्लो पटक जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ बस्ने ६८ वर्षिया सुगावत्ति देवी सरदार र सप्तकोशी नगरपालिका २ की ६० वर्षिया कृष्णा परियारको मृत्यु भएको सप्तरीका डीएसपी ध्रुव श्रेष्ठले जानकारी दिएका छन् ।

(आगो ताप्दै सप्तरीबासी)

यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले आफ्नै नेतृत्वमा विभिन्न स्थानमा शितलहर र बाढी पीडितहरुलाई न्यानो कपडा वितरण कार्यलाई तिब्रता दिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय आफ्नै नेतृत्वमा जिल्लाको विभिन्न चिसो प्रभावित र बाढी प्रभावित बस्तिहरुमा गएर विभिन्न संघसंस्थाहरुले सहयोग गरेको कम्बल, ब्लायङ्केट तथा न्यानो कपडाहरु बितरण गर्न लागिपरेका छन् ।

प्रजिअ पाण्डेयका अनुसार हालसम्म १३ हजार भन्दा बढी कम्बल र ब्लायङ्केट तथा ७५ बोरो न्यानो कपडा बितरण भइसकेको छ ।

विभिन्न स्थानिय संघसंस्था तथा जायका, सेभ द चिल्ड्रेन, युनिसेफ, कुबँर फाउण्डेशन, धुर्मुस सन्तली फाउण्डेशन लगायतका राष्ट्रिय संघसंस्थाहरुले सहयोग गरेको जानकारी दिएका छन् । यस बाहेक अन्य संस्थाहरुले आफै पनि कपडाहरु बितरण गरिरहेको समेत बताए ।

(ससफोका अध्यक्ष उपेन्द्र यादव)

यस्तै आफ्ना संसदीय निर्वाचन क्षेत्र सप्तरी २ का गरिब तथा विपन्न परिवारलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्बल वितरण सुरु गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका सय भन्दा बढी शितलहरपीडित गरिब तथा विपन्न परिवारलाई फोरम अध्यक्ष यादवले स्तरीय ब्लयांकेट वितरण गरेका हुन् । उनले ब्लायंकेट वितरण गर्दै घरमा आएका पाहुनकालागि साँचेर नराख्न् र यसैवर्षको शितलहरबाट जोगिन ब्लायंकेट ओढ्न आग्रह गरे ।

एबीसी रिर्पोटर नवीनकुमार गुप्ता

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

सम्बन्धित

वकिलले सर्वोच्चको छतबाट हामफाल्न खोजे, सकुशल उद्धार

आप्रवासी श्रमिकको हित सुदृढ गर्न एनआरएनए र आईएलओबीच छलफल

‘अदालत सेटिङ’को आरोपप्रति कांग्रेस नेता दीपक खड्काको आपत्ति

नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि

नाडा अटो शोमा सवारी कर्जाको अफर, बैंकहरूले ५.१७ प्रतिशतदेखि ब्याजदर ल्याए

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu