ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज पनि नहुने भयो प्रदेश प्रमुख र अस्थायी केन्द्रको नियुक्ति


admin
२ माघ २०७४, मंगलबार   २ : १२   बजे

काठमाडौं, २ माघ ।प्रदेश प्रमुख र अस्थायी केन्द्र आज पनि नतोकिने भएको छ । आज दिउँसो साढे ४ बजेपछि बस्ने भनिएको मन्त्रिपरिषद बैठक आवश्यक तयारी नपुगेको भन्दै रद्ध भएपछि प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने काम आज पनि स्थगित भएको छ ।

आज दिउँसो निर्वाचन आयोगले बिहीबारसम्ममा प्रदेश प्रमुख नतोके आउँदो २४ गतेका लागि तोकिएको राष्ट्रियसभा चुनाव प्रभावित हुने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै प्रदेशप्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेका थिए । राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय देउवा आफैले गर्न अग्रसर भएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेश प्रमुखमा पूर्वसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ, मोहनराज मल्ल, अनुराधा कोइराला, रत्नेश्वरलाल कायस्थ, उमाकान्त झा, दुर्गाप्रसाद खनाललगायतलाई सिफारिस गर्ने गरी प्रस्ताव तयार भएको छ ।
राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु-याएका र कुनै विवादमा नपरेका व्यक्तिलाई प्रदेश प्रमुख बनाउने सरकारको तयारी छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको तत्काल कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्न लागिएको छ ।

सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन भने यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu