ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनायक किशोर मृत्यु प्रकरणः नगरपालिकामा १० दिनदेखि तालाबन्दी


एबीसी / संवाददाता
१ असार २०७९, बुधबार   ५ : २१   बजे

असार । अछाम जिल्लाको पंचदेवल विनायक नगरपालिकामा १६ वर्षीय किशोर मृत भेटिएसँगै नगरपालिकामा लगाईएको ताला १० दिनदेखि खुल्न सकेको छैन ।

मृत भेटिएका नगरपालिकाको वडा नम्बर ४ कालिकास्थानका विनोद शाहीको हत्या भएको भन्दै स्थानीय तथा आफन्तहरूले जेठ २२ गतेदेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

सोही नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानको वडा कार्यालयमा समेत तालाबन्दी गरिएको छ । हत्यारालाई पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने माग सहित जेठ २२ गते नगरपालिकामा लगाईएको तालाबन्दी हालसम्म खुल्न नसकेको हो ।

१० दिन बितिसक्दा समेत तालाबन्दी नखुलेपछि स्थानीय नागरिक नगरपालिकाबाट दिइने सेवाबाट बञ्चित छन् ।

नगरपालिकाको कार्यपालिका बैठक, विभिन्न सिफारिस, योजना सम्झौता, अनुगमन र रकम भुक्तानी र आगामी आर्थिक वर्षका लागि तय गरिने नीति तथा बजेटको काम प्रभावित भएको छ भने नगरपालिका भित्रका नौ वटैको वडाको कामकाज समेत प्रभावित बनेको छ।

स्थानीय तथा मृतकका आफन्तको तालाबन्दीका कारण नगरपालिकामा नवनिर्वाचित भएर शपथ ग्रहणपछिको पहिलो बैठक समेत हुन नपाएको नगरका उपप्रमुख हर्क बहादुर रावलले बताएका छन्।

सहमतिका आधारमा नगरपालिका र वडामा लगाईएको ताला खोल्नका लागि पहल भइरहेको उनले जानकारी दिए।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले भने स्थानीय तहबाटै तालाबन्दी खोल्नका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय तहमा सहमति नजुटेमा अन्तिममा प्रशासनको भूमिका रहने उनको भनाई रहेको छ। स्थानीय तहमा समस्या समाधान नभए आफू सर्वदलीय बैठकबाट तालाबन्दी खोल्ने वातावरण तय गर्ने उनले बताएका छन्। नगर प्रमुख अम्बिका चलाउनेको योजनामा विनोदको हत्या भएको भन्दै पीडित पक्षले चलाउने सहित १३ जना विरुद्धमा जिल्ला प्रहरी कार्यालय अछाममा जेठ २५ गते किटानी जाहेरी दर्ता गरेका छन्।

किटानी जाहेरीसंगै केही व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ।

किटानी जाहेरीमा नाम उल्लेख भएका सबैलाई पक्राउ नगरुन्जेल तालाबन्दी नखोल्ने मृतकका आफन्तको अडान छ ।

जेठ १७ गते राती स्थानीयबीच झडप भएपछि घटनास्थलमा प्रहरी पुगेसंंगै बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका ४ का विनोद शाही जेठ २१ पञ्चदेवल क्याम्पस नजिकको कुच्ची भिरमा मृत अवस्थामा भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group