ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको एडफोर्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा गणेश पाण्डेको डकुमेन्ट्री छनोट


एबीसी / संवाददाता
१४ असार २०७९, मंगलबार   १ : २०   बजे

काठमाडौं । अमेरिकाको एडफोर्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपाली डकुमेन्ट्री फिल्म छनोट भएको छ ।

चर्चित डकुमेन्ट्री फिल्म निर्देशक गणेश पाण्डेले खुशीको सन्देश भन्दै, उहाँ निर्देशित ‘सहायक श्रीमान’ (को–हजबेन्ड) डकुमेन्ट्री फिल्म (बृत्तचित्र) एडफोर्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट भएको जानकारी दिनुभयो ।

‘सहायक श्रीमान’ (को–हजबेन्ड) बृत्तचित्रले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट अवार्ड जित्न सफल भएको थियो ।

साथै यो डकुमेन्ट्री फिल्मले यसअघि रसिया, भारत र स्लोभाकियामा पुरस्कार जितिसकेको छ । अमेरिका, जर्मनी, श्रीलंका लगायतका देशमा छनौट भएको छ ।

३५ मिनेटको यो बृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने चलनलाई निर्देशक पाण्डेले पर्दामा उर्तानुभएको छ ।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन वटा परिवारको कथालाई डकुमेन्ट्रीले उठाएको छ ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुनुहुन्छ ।

यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गर्नुभएको छ । संगीत संयोजन संगीतकार जुगल डंगोलको रहेको छ ।

पाण्डे नेपालको चर्चित र क्रियाशील पत्रकार हुनुहुन्छ । उहाँ प्रेस चौतारी नेपालको उपाध्यक्षको रुपमा अहिलेपनि कार्यरत हुनुहुन्छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रेस सल्लाहकारको रुपमा उहाँले जिम्मेवारी पाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group