ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धमोर्चा भन्दा जटिल मोर्चामा विजयी बन्न प्रदेश सांसदहरुलाई प्रचण्डको निर्देशन


admin
५ माघ २०७४, शुक्रबार   ६ : ४१   बजे

काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धको बलमा अहिलेको संविधान समावेशी बन्न सफल भएको बताउनुभएको छ ।

प्रदेश सभाका नवनिर्वाचत सांसदहरुलाई आज पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धकै कारण संविधान समावेश बन्न सफल भएको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हिजो राज्यको नजरमा नपरेका वर्ग समुदायबाट ठूलो संख्यामा सरकारमा, संसदमा र प्रदेशमा उपस्थित हुने वातावरण बनेको छ । यो मेरा लागि खुशी र गर्वको क्षण हो ।’

ठूलो त्याग तपस्या र वलिदान पछि समावेशी लोकतन्त्रको अभ्यास गर्न पाएकोमा आफुलाई गर्व लागेको भन्दै प्रचण्डले यसबाट जनयुद्धको औचित्यको थप पुष्टि भएको दाबी गर्नुभयो ।

उहाँले संसदमा महिलाको ठूलो उपस्थितिप्रति इंगित गर्दै जनयुद्धको बेलामा डिभिजन र बटालियनलाई सम्बोधन गरेजस्तै अनुभव भएको पनि स्मरण गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, ‘हिजो डिभिजन र बटालियनलाई सम्बोधन गरेजस्तो लागेको छ । महिलाको नयाँ बटालियन तयार भएको छ । यो बटालियन मोर्चामा जाँदैछ’, उहाँले थप्नुभयो, ‘हिजोको मोर्चा भन्दा धेरै जटिल र पेचिलो मोर्चा हो यो । तर त्यो मोर्चा हामीले जित्न सकिन्छ र जित्नैपर्छ ।’

अध्यक्ष प्रचण्डले अहिले कांग्रेस र एमालेबाट निर्वाचित सांसदहरुलाई पनि माओवादी जस्तै देखेको भन्दै माओवादीले युद्ध नगरेको भए त्यो अवसर प्राप्त हुन नसक्ने पनि टिप्पणी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group