ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सपथका लागि सेनाको हेलिकोप्टरमार्फत पुगे सांसद


एबीसी न्यूज
७ माघ २०७४, आइतबार   १० : १६   बजे

काठमाडौं, ७ माघ । प्रदेशसभा सदस्यलाई सपथ गराउनका लागि सुर्खेतमा सम्पूर्ण तयारी पूरा भएको छ । ६ नम्बर प्रदेशका प्रत्यक्ष एवम समानुपातिक सांसदले आज ११ बजे आइतबार सपथ लिँदैछन । प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश सांसदका लागि जिल्ला समन्वय समितिको सभा हलमा सपथ खुवाउने तयारी गरिएको छ ।


प्रदेश प्रमुखको कार्यालयका कर्मचारी गंगाप्रसाद न्यौपानेका अनुसार प्रदेश सांसदको सपथअघि विहान १० बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । ‘विहान १० बजे क्षेत्रीय वन तालिम केन्द्रमा प्रदेश प्रमुखले पदभार ग्रहण गर्नुहुनेछ’ न्यौपानेले भने, ‘त्यसपछि ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा प्रदेश सांसदको सपथको कार्यक्रम राखेका छौं।’

प्रदेश प्रमुखले पदभार ग्रहण गरेपछि निर्वाचन आयोगले मतपरिणाम सहितको प्रतिवेदन बुझाउने छ । त्यसपछि प्रदेश प्रमुखले प्रदेशसभाका सदस्यलाई सपथ खुवाउन कार्यक्रम रहेका छ ।

६ नम्बर प्रदेशका ४० सांसद मध्ये २७ जना शनिबार दिनभर हवाई उडान नहुँदा उनीहरु सुर्खेत जान पाएनन् । आज आइतबार विहान ११ बजेका लागि प्रदेश सांसदका लागि सपथग्रहणको समय निर्धारण गरिएको छ । हवाइजहाजबाट नेपालगञ्ज हुँदै सुर्खेत आइपुग्न सम्भव नभएपछि काठमाडौंमा रहेका सांसदहरुलाई सपथका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सपथ ग्रहण कार्यक्रमा पुगेका छन् । ‘शनिबार काठमाडौं–नेपालगञ्ज कुनै पनि उडान नहुँदा २७ जना प्रदेशसभाका सांसदहरु काठमाडौंमै हुनुहुन्र्थो’ क्षेत्रीय प्रशासक सुरेश प्रधानले भने, ‘ आजआइतबार विहान नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत उहाँहरुलाई सुर्खेत ल्याई सकेका छौ ।’ निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा काठमाडौंमा रहेका सांसदलाई सुर्खेत लैजाने व्यवस्था गरिएको हो । ‘विहान १० बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरु सुर्खेत पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group