ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले र माओवादीबाट राष्ट्रियसभाको सिट बाँडफाँड अनुमोदन


admin
७ माघ २०७४, आइतबार   ७ : ४८   बजे

काठमाडौं, ७ माघ । नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ । त्यस्तै बैठकले नयाँ सरकार बन्ना साथ समृद्धि र सुशासनको मार्गचित्र कार्यान्वयनमा लैजान अर्काे कार्यदल गठन गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतबार बसेको समिति बैठकले सुवास नेम्बाङ नेतृत्वको कार्यदलको राष्ट्रियसभा सदस्य निर्वाचनमा सिट बाँडफाँड सम्बन्धी प्रतिवेदन अनुमोदन गरेको हो ।

नेम्बाङ नेतृत्वको कार्यदलले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटमा गठबन्धनले उम्मेदवारी दिने र यसमध्ये एमालेले २९ र माओवादीले १४ उम्मेदवार उठाउने तय गरेको थियो । सोहीअनुसार कार्यदलले प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख र उपसभामुखमा कसरी जिम्मेवारी बाँडफाँड गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ ।

समग्रमा एमालेले ४ र माओवादीले २ मुख्यमन्त्री लिने र सभामुखमा दुवै दलको निर्वाचित संख्या अनुसार मिलाएर लैजाने प्रस्ताव गरिएको छ । यसबारे भने संयोजन समितिले नै अन्तिम निर्णय गर्ने गरी प्रतिवेदन पेश भएको छ ।

बैठकले नयाँ सरकारले लिने समृद्धि र सुशासनसम्बन्धी कार्यक्रम तय गर्न कार्यदल गठन गरेको छ । कार्यदललाई नयाँ सरकार बन्नासाथ संयुक्त घोषणा पत्रमा उल्लेख भएका नीतिलाई कार्यक्रमम मुर्तरुप दिनका लागि एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको नेकपा माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

कार्यदलमा गिरिराजमणि पोखरेल, भीम रावल, वर्षमान पुन, भीमबहादुर श्रेष्ठ, विजय पौडेल र युवराज खतिवडा रहेका छन् । पार्टी एकताका लागि बैचारिक र सांगठानिका विषयमा छलफल गरी निर्णय आउने नेकपा एमालेका नेता सुवास नेम्बाङले बताउनुभयो ।

एकीकृत पार्टीको शीर्ष नेतृत्व तथा मातहत कमिटीको सांगठानिक समायोजनका विषयमा दुई अध्यक्षबीच अझै एक चरण छलफल गरी पुन संयोजन समितिको बैठक बस्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group