ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरिएर डेनमार्कको संग्रहालयमा पुगेका मूर्तिको तस्बिर प्रदर्शनी सुरु


एबीसी न्यूज
८ माघ २०७४, सोमबार   १० : ००   बजे

भक्तपुर, ८ माघ ।  नेपालको विभिन्न मन्दिरबाट चोरी भएर डेनमार्कको संग्रहालयमा पुगेको महत्वपूर्ण एवं बहुमूल्य मूर्तिको तस्बिरको तीनदिने प्रदर्शनी सुरु भएको छ ।

भक्तपुरको दत्तात्रय स्थित ‘द हेरिटेज ग्यालरी मा १९ मूर्तिको तस्बिर प्रदर्शनीमा राखिएको आरपी फाउण्डेसनका निर्देशक एवं सम्पदाकर्मी रवीन्द्र पुरीले   बताउनुभयो । नेपालबाट हराएका मूर्तिहरुको पहिचान गर्ने, विदेशी संग्रहालयमा पुगेका मूर्तिहरु नेपाल फिर्ता ल्याउन पहल गर्ने उद्देश्यले मूर्तिको तस्बिर प्रदर्शनी गरिएको बताउँदै उहाँले प्रदर्शनीको अवलोकन गरेर मूर्ति कुन ठाउँको हो पहिचान गरिदिन सबैलाई आग्रह गर्नुभएको छ ।

cf/lk kmfp08];gsf lgb]{zs Pj+ ;DkbfsdL{ /laGb| k’/Lsf] eQmk’/ l:yt …b x]l/6]h Uofn/LÚ df /flvPsf] 9’Ëfsf d”lt{x? . tl:j/ M /d]z lu/L, eQmk’/, /f;;

निर्देशक पुरीले भन्नुभयो, ‘नेपालका बहुमूल्य कलामा आधारित पुरातात्विक सामग्री मूर्ति, हस्तलिखितग्रन्थ चोरी भएर विदेशी संग्रहालयमा पुगेका छन्, त्यसमध्ये डेनमार्कको संग्रहालयमा रहेका नेपालका मूर्तिको तस्बिरको प्रदर्शनी गरेका छौँ, यी मूर्तिहरु कुन मन्दिर र कुन ठाउँको हो, पहिचान भए, हामी ती मूर्तिहरु डेनमार्कबाट फर्काउने छौँ ।’

नेपालका विभिन्न मन्दिरमा पूजा गरिएका मूर्तिहरु अहिले विदेशी संग्रहालयमा रहेको बताउँदै उहाँले नेपालले अनुमोदन गरेको युनेस्को महासन्धिका आधारमा विदेशी संग्रहालयमा पुगेका मूर्तिहरु हाम्रो देशको भएको प्रमाण पेश गर्न सके नेपाल फिर्ता ल्याउन सकिने बताउनुभयो ।

 

डेनमार्कका विद्यावारिध गरेका विद्यार्थी उल्रिक जोह्सिनले आफ्नो शोधपत्रको सिलसिलामा डेनमार्कको मोइसगार्ड संग्रहालयबाट लिइएको नेपाल र नेपालसँग सम्बन्धित मूर्तिको तस्बिर प्रदर्शनीका लागि राखिएको हो ।

पुरीले भन्नुभयो, ‘तस्बिरमा रहेका मूर्तिहरु डेनमार्कको संग्रहालयमा छन्, नेपालबाट चोरीएर गएका हुन् भन्ने प्रमाणको खोजीमा हामी छौँ, यदि यी फोटोहरुको सञ्चार माध्यमबाट प्रचारप्रसार गर्न सकियो र मूर्तिहरुको पहिचान गर्न सके, हामी ती मूर्तिलाई फर्काउन सक्छौँ ।’

प्रदर्शनीमा नेपालको १७ औँ शताब्दीदेखि १९ आैं शताब्दीसम्मका भैरवको बहुकलात्मक मूर्ति, १७ औँ शताब्दीको पित्तलको सिंह, १९ औँ शताब्दीको अर्को भैरव, श्रीकृष्ण, विष्णु, मञ्जुश्री, सिलाकु, फुर्वा, १८ औँ शताब्दीको मञ्जुश्री, हरियो तारा, दियो, तोरण, काठको बाकस, १७ औँ शताब्दीको भैरव, २० औँ शताब्दीको कलात्मक मादल, कागजमा बनाएको कलात्मक चित्र, कागजको झण्डालगायतको तस्बिर प्रदर्शनीमा राखिएको छ ।

नेपालबाट हराएका र नेपाल फिर्ता ल्याएका मूर्ति एवं कलात्मक वस्तुको प्रतिमूर्ति निर्माण गरेर संग्रहित गर्नका लागि फाउण्डेसनले पनौतीमा निर्माण गर्न लागेको ढुङ्गाका मूर्ति संग्रहालय मा राखिने भएको छ ।

 

नेपालबाट चोरी भएर पाश्चात्य मुलुक पुगेका हिन्दू र बौद्ध धर्म सम्बन्धित ५० बहुमूल्य मूर्तिहरुको प्रतिमूर्ति प्रदर्शनीबाट यो संग्राहलय शुरु गर्ने उद्देश्य रहेको बताउँदै पुरीले भन्नुभयो, ‘त्यसका लागि सन् २०१८ भित्र ती प्रतिमूर्तिको तयार हुनेछन, हालसम्म २६ वटा मूर्तिहरु तयार भइसकेका छन्, तयार भएका प्रतिमूर्ति हेरिटेज ग्यालरीमै प्रदर्शनीमा राखिएको छ । आगामी २०१९ मा यो संग्राहलयको भवन शिलान्यास गरिने योजना छ ।’

सन् २०१३ मा आफूहरुको पहलमा १२ औँ शताब्दीका हस्तलिखित ग्रन्थका गाताहरु फर्काएका सफल भएको स्मरण गर्दै उहाँले हामी सबै लागेमा चोरी भएर विदेश पुगेका मूर्तिहरु फर्काउन सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group