ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोलेन्द्र शमशेरकी छोरी दाबी गर्ने यी महिला को हुन्र ?


एबीसी / संवाददाता
४ आश्विन २०७९, मंगलबार   ९ : ५१   बजे

काठमाडौं, ४ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गत आइतबार सर्वोच्च अदालतमा हाजिर हुन जाने बताएपछि सर्वोच्च र राणानिवास बालुवाटारमा सुरक्षाकर्मी परिचालन भएका थिए।आइतबार बिहान ११ बजे सर्वोच्च पुग्छु भनेका राणा बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएनन्।

राणाले सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिँदै आफूलाई सरकारले नै निवास बाहिर आउन नदिएको बताएका थिए।प्रधानन्यायाधीशको सरकारी निवास बाहिर पत्रकारहरू पनि आइतबार साँझपखसम्मै बसेका थिए।यसैक्रममा राणा निवासबाट गाडी चढेर आएकी एक जना महिलाले पत्रकारहरूलाई प्रतिक्रिया दिइन्। उनले आफू चोलेन्द्र शमशेरकी छोरी, सुनिधि राणा भएको बताएकी थिइन्।‘हामीलाई बाहिर निस्कन पनि दिइराख्या छैन। बच्चाहरू स्कुलबाट लिन जानुपर्छ। बच्चा ल्याउने काम गर्ने मानिस बाहिर आइराखेको बेला उसलाई पनि समातेर थुन्दियो, हामीले पनि बाँच्न पाउनुपर्‍यो नि,’ उनले भनेकी थिइन्, ‘यो त एकदमै अराजकताको पनि पराकाष्ठा छ। अब के कारणले यिनीहरूले गरिराख्या छ बुझिराख्या छैन। एक किसिमको लाज पनि हराएर, नैतिकता पनि हराएर हामीमाथि अन्याय र अत्याचार नै भएको छ।’उनले आफूहरूमाथि भइरहेको अन्याय र अत्याचार नेपाली जनताले बुझिदिनुपर्ने पनि बताएकी थिइन्।

उनले आफू चोलेन्द्र शमशेरको छोरी भएको बताए पनि चोलेन्द्रले बुझाएको सम्पत्ति विवरण फारममा उनको नाम उल्लेख छैन। छोरा छोरीको विवरणमा सचिन्द्र शमशेर जवरा, सृष्टि राज्यलक्ष्मी राणा रावल, सम्बृद्धि राज्यलक्ष्मी राणा कुँवरको नाम उल्लेख छ।चोलेन्द्रको छोरी बताएकी सुनिधिको प्रतिक्रिया लिएको न्युज एजेन्सी नेपालले सोमबार विज्ञप्ति जारी गर्दै ‘आफू प्रधानन्यायाधीशको छोरी हुँ भनि भिडिओमा बोल्ने महिला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको छोरी नभएको निष्कर्ष निकालेका छौं’ भनेको छ।न्युज एजेन्सी नेपालले विभिन्न मिडियालाई भिडिओ, समाचार सेवा दिन्छ। उक्त संस्थाकी कार्यकारी प्रमुख कृष्णा पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा गलत सूचना परेकोले माफी माग्दछौं र जिम्मेवारी लिन्छौं भनिएको छ।

 

 

चोलेन्द्र शमशेरको छोरी दाबी गरेकी सुनिधि छोरी नभएको भन्दै आइतबार बेलुकीदेखि नै दाबीसहित चर्चा भइरहेका थिए।

यसैक्रममा सोमबार शिलापत्र डटकमले ‘चोलेन्द्र शमशेरकी छोरी भनेर हिजो मिडियामा छाएकी युवकी को हुन्रु’ भनेर समाचार लेखेको थियो। उक्त समाचारमा उल्लेख गरिएअनुसार चोलेन्द्रकी छोरी दाबी गरेकी सुनिधि दैलेखकी मीना जोशी हुन्।

उनको घर दैलेखकको चामुण्डा-बिन्द्रासैन नगरपालिका पर्ने र देवीराम जोशीका दुई छोरीमध्ये उनी जेठी छोरी भएको उक्त समाचारमा उल्लेख छ। शिलापत्रले यो समाचार लेखेपछि उक्त महिला सम्पर्कमा आएको र उनले आफू नाताले चोलेन्द्र शमशेरको नातिनी बुहारी भए पनि बोलीचालीमा बुवा भन्ने गरेको बताएको उल्लेख गरेको छ। उनले विवाहपछि श्रीमानले सुनिधि नाम दिएको पनि बताएकी छन्।

उनले बताएअनुसार उनी चोलेन्द्रका दाइ शान्तिशमशेरकी नातिनी बुहारी हुन्। शान्ति शमशेरका नाति बरदान शमशेर राणाकी श्रीमती भएको उनले बताएको शिलापत्रले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China Provides $2 Million Emergency Flood Relief to Nepal

Nepal Minister Badi Meets Red Cross to Discuss Flood Relief Efforts

NRNA Distributes Relief Materials in Flood-Affected Rasuwa

261 Foreign Nationals Missing After Mudslide Hits Xizang Border Port

US Administration Targets Working Class Debt While Forgiven Business Loans Highlight Disparity

Death Toll Nears 800 After Himalayan Glacier Collapse

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu