ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शून्य समय र विशेष समयमा उठेका विषयमा सात दिनभित्र जबाफ दिनुपर्ने


एबीसी / संवाददाता
१७ माघ २०७९, मंगलबार   ८ : ०५   बजे

काठमाडौँ, १७ माघ । नियमावली मस्यौदा समितिको सोमबार बसेको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जबाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रमा सदनलाई उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ ।

समितिले प्रतिनिधिसभा नियमावली, २०७५ को परिच्छेद–४ को नियम ११ देखि १६ सम्म दफावार छलफल गरेको थियो । छलफलपछिको निष्कर्षमा नियम १५ को शून्य र विशेष समयको दफा २ को १ मा पाँच दिनको सट्टामा सात दिनभित्र सभामुखमार्फत् सदनलाई जबाफ उपलब्ध गराउनुपर्ने निर्णय भएको प्रतिनिधिसभाका प्रवक्ता एकराज गिरीले जानकारी दिए ।

छलफलमा उपस्थित सांसदहरूले सबै प्रश्नको जबाफ दिनका लागि समय व्यवस्थापन गर्न मन्त्रीलाई सहज हुने भन्दै लागि सात दिन उपयुक्त भएकामा सहमति जनाएका थिए ।

बैठकले बढीमा २१ जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णयसमेत गरेको छ । नियम १३ को कार्यव्यवस्था परामर्श समितिमा अहिलेसम्म १७ जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिने व्यवस्था छ ।

बैठकको निर्णयअनुसार नियम ११ मा सरकारी र गैरसरकारी कार्य गरिने दिन सभाको बैठक बसेको प्रत्येक हप्ताको एक दिन प्रश्नउत्तरपछिको समय गैरसरकारी कार्यसूचीले र अरू दिन सरकारी कार्यसूचीले प्राथमिकता पाउनेछ । छलफलबाट शुक्रबारको सट्टा एक दिन राख्ने निर्णय भएको हो । तर, शुक्रबारको दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट तोकिने निर्णय भएको छ ।

नियम १२ को दैनिक कार्यसूचीअन्तर्गतको विशेष परिस्थितिमा सभामुखको निर्देशनअनुसार बस्ने बैठकको कार्यसूची दुई घण्टाअघि दिन संसद्ले प्रस्ताव राखेको थियो । तर, सचिवालयले कार्यान्वयनमा गाह्रो हुने भन्दै विशेष परिस्थितिमा बैठक बस्ने एक घण्टा अगावै कार्यसूची उपलब्ध हुने निर्णय भएको हो ।

यस्तै, कागजपत्रको वितरण गर्दा प्रविधिमैत्री बनाउँदै कागजविहीन विधि अपनाउन निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राहत कोषमा निसीखोला गाउँपालिकाको ३ लाख

बागलुङमा तायाः मचा नाचसहित गाईजात्रा

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीपछि २१६ विदेशी पर्यटकको सेनाले हेलिकोप्टरमार्फत उद्धार गर्‍यो

आज देशभर वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu