ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन क्षेत्रको समस्यामा एक हप्ते गम्भिर छलफल चलाउन मन्त्रीबाट निर्देशन


admin
१२ माघ २०७४, शुक्रबार   ६ : ५९   बजे

काठमाडौं, १२ माघ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले पर्यटन क्षेत्रको समसामयीक समस्याका सम्बन्धमा एक हप्ता भित्र पर्यटनसँग सरोकार राख्ने संघ संस्थाबीच गम्भीर छलफल गरेर पर्यटनको गति र दिशा निर्धारण गर्न पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।

 

आज शुक्रबार राजधानीमा भएको टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान)को २४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले पर्यटन क्षेत्र गफगाफले मौलाएको भन्दै पर्यटनको ठोस एजेन्डा सहित आफ्नै रोहवरमा तमाम व्यवसायीहरुको समस्याको उजागर गर्न लागि परेको बताउनु भएको छ ।

मन्त्री देवले आफु काममा विश्वस गर्ने भाषणवाजीमा नलाग्ने आफ्नो स्वभाव रहेको प्रस्ष्ट्याउँदै पर्यटन क्षेत्रमा अवैधानीक रुपमा कार्य गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउन आफु तयार रहेको त्यसको लागि सबै व्यवसायीहरुले सहयोग गर्नको लागि अनुरोध समेत गर्नुभयो । उहाँले कर्मचारीहरुको आसातित सहयोग नहुनुले आफुले सोचे अनुसारको काम गर्न नसकेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दिपक महत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलिया, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, टानका अध्यक्ष नवराज दाहाल, टुर्गानका पूर्व अध्यक्ष हरेराम बराललगायतले पर्यटन क्षेत्रले आशा लाग्दो दिशा दिन नसकेको भन्दै पर्यटनको क्षेत्रको समस्यामा पर्यटन मन्त्री गम्भिर हुनु पर्ने बताए ।

उक्त साधारण सभाले टुर्गानकै द्वितिय उपाध्यक्ष केदार तामाङको अध्यक्षमा १४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

उक्त कार्यक्रसमितिको वरिष्ठ उपाध्यक्षमा भाईकृष्ण खड्का, प्रथम उपाध्यक्षमा थानेश्वर देवकोटा, द्धितीय उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, महासचिवमा बद्रि नेपाल, सचिवमा ब्रमदेव शाक्य र कोषाध्यक्षमा कुमार पुरी हुनुहुन्छ ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा यज्ञ बहदुर कार्की, विष्णु प्रसाद भट्टराई, मथुरा प्रसाद मानन्धर, राजेन्द्र बहादुर राई, दिपचन्द्र कालिका, शंकर भट्टराई र दिपक गिरी रहनुभएको छ ।

उक्त कार्यक्रममा नेपाली चुलोका सञ्चालक संघर्ष विष्ट, समाजसेवी माधव प्रकास सुवेदी, बुद्ध थांका ट्रेजर, लामा थांका सेन्टर, लोर्ड बुद्ध थाङ्का, हाइ ग्राउण्ड एड्भेन्चर नेपाल, बुद्धिस थाङ्का, तुसिता हेभेन ह्याडि क्राफ्टा रिंचेली थाङ्कालगायत व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group