ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गति लिँदै भेडेटार–रवी–राँके कालोपत्र सडक निर्माण


एबीसी / संवाददाता
१८ फाल्गुन २०७९, बिहिबार   ९ : १३   बजे

धनकुटा, १८ फागुन । निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा गरेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ ।

एक्जिम बैंक भारतको तीन अर्ब २६ करोड सहुलियत ऋण कर्जामा धनकुटाको भेडेटारबाट पाँचथरको राँकेसम्म निर्माणाधीन कालोपत्र सडकको चौथो पटक म्याद थपेसँगै कामले गति लिएको हो ।

एक सय किलोमिटर कालोपत्र सडक निर्माणका लागि २०७५ माघदेखि २०७८ माघसम्ममा काम सक्ने जिम्मा भारत लखनऊको एप्को इन्फाटेक इन्डियाले गत मंसिरमा विसं २०८१ मा काम सक्ने थप म्याद पाएको छ ।

थप म्यादपछि द्रुतगतिमा काम थालेको एप्कोले गत माघ महिनासम्ममा आफ्नो कामको प्रगति २२ प्रतिशत पुर्‍याएको आयोजनाको जिम्मा पाएको सडक सुधार तथा विकास आयोजना कार्यालय पाँचथरका इञ्जिनियर शरद पाण्डेले जानकारी दिए ।

“अहिले कम्पनी आफैँ आएर काम गरिरहेको छ”, पाण्डेले भने, “यही गतिमा काम भए तोकिएकै समयमा काम पूरा हुन्छ ।” मुख्य निर्माण कम्पनीले काम दिएको भारतकै सहायक कम्पनीले काम नगर्दा समयमा काम पूरा नभएको पाण्डेले जानकारी दिए ।

आयोजना सम्पन्न गर्ने क्रममा प्रक्रिया मिलाउन करिब दुई वर्ष लागेको तथा साथमा कोभिड र जिम्मा दिएको कम्पनीले समेत काम नगर्दा समयमा आयोजना पूरा हुन नसकेको एप्कोका प्रमुख अभिताभ होसको भनाइ छ ।

बाँकी कामको जिम्मा आफ्नै कम्पनीको निगरानीमा हुने भएकाले थप भएको समयमा आफ्नो कम्पनीले काम पूरा गर्ने होसको भनाइ छ । तराईको पूर्व–पश्चिम महेन्द्र राजमार्गको मापदण्डमा ११ मिटर चौडा बन्ने उक्त राजमार्गको पूर्वप्रधानमन्त्री केपी ओलीले शिलान्यास गरी काम सुरु भएको थियो ।

सडक निर्माण सम्पन्न भएपछि धनकुटा, पाँचथर, इलाम र ताप्लेजुङलाई सुनसरी, मोरङ र झापा जिल्लाले जोडिँदा उक्त क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group