ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदुवा भण्डारण गर्ने नयाँ प्रविधि


admin
१४ माघ २०७४, आइतबार   ४ : ३३   बजे

सल्यान, १४ माघ । अदुवा भण्डारणको लागि नँया उपाय विकास गरिएको छ । कपुरकोटस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरेको हो।

अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत अदुवा भण्डारणमै कुहिने भएकाले नयाँ प्रविधिको विकास गरिएको हो ।

परम्परागत तरिकाबाट अदुवा भण्डार गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा तौल घट्नेजस्ता समस्या निराकरणका लागि ‘काँचो इँटाको भकारी भण्डारण’को विकास गरिएको उक्त केन्द्रले जनाएको छ ।

ताजा अदुवामा ८५ प्रतिशतसम्म पानीको मात्रा हुने भएकाले अदुवा भण्डारण गर्दा सुक्ने, चाउरिने र छिट्टै टुसा आएर गुणस्तर घट्न हुँदा सुरक्षित भण्डारणका लागि यस्तो भकारीमा भण्डार गर्न कृषकलाई सिफारिस गरेको राष्ट्रिय अदुवा बाली अनुसन्धान केन्द्रका बाली वैज्ञानिक प्रमोद वाग्लेले जानकारी दिनुभयो ।

“हामीले भकारी भण्डारण प्रविधिको विकास गरेर कृषि विकास मन्त्रालय र किसानलगायतलाई जानकारी गराएका छौँ र यो प्रविधि किसानका लागि पनि प्रभावकारी भएको छ।

यस प्रविधि कोठाभित्र गरिने हुँदा घर बाहिर खाडल भण्डारणभन्दा सुरक्षित हुने र प्रत्येक वर्ष निर्माण खर्च पनि लाग्दैन वैज्ञानिक वाग्लेले भन्नुभयो, “यस प्रकारको भकारी निर्माण गर्दा गोबर र माटोको समिश्रणबाट बनेको काँचो इँटा प्रयोग गर्नुपर्छ, इँटा सुकिसकेपछि क्रमशः माटोले जोडी आवश्यकताअनुसारको भकारीको आकार निर्माण गर्नुपर्छ ।

सामान्यतया एक मिटर उचाइ, एक मिटर लम्बाइ र एक मिटर चौडाइ भएको भकारीमा २५० देखि ३०० किलो अदुवा भण्डारण गर्न सकिने केन्द्रका प्राविधिक खेमराज शर्माले जानकारी दिनुभयो । भकारी निर्माण भइसकेपछि बालुवा १० सेन्टिमिटर र अदुवा २५ सेन्टिमिटरले क्रमशः राखी त्यसमाथि १० सेन्टिमिटर बालुवा राखी प्लास्टिकले छोप्नुपर्ने रेग्मीको भनाइ छ । यस प्रविधि अपनाएर मंसिरदेखि चैत, वैशाखसम्म सुरक्षित अदुवा भण्डारण गर्न सकिने पनि उहाँको भनाइ छ ।

बीउ प्रयोजनका लागि अदुवाको सुरक्षित भण्डारण नभएमा लामो टुसा आई बीउको गुणस्तर घट्न गई दरिलो र पुष्ट बिरुवा उम्रनमा प्रत्येक्ष असर पुग्ने वैज्ञानिकको भनाइ छ ।

समुद्री सतहदेखि एक हजार ४८० मिटर अग्लो स्थानमा रहेको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले सञ्चालन गरेको परीक्षणको नतीजाअनुसार कोठाभित्र भकारीमा अदुवा भण्डारण गर्दा उपयुक्त हुने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group