ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीप पुस्तान्तरण नहुँदा बुट्टेनली लोपोन्मुख अवस्थामा


एबीसी / संवाददाता
२८ फाल्गुन २०७९, आइतबार   ९ : ३५   बजे

ढोरपाटन, २८ फागुन । “अहिले त आँखा देख्नै छोडेँ, पहिले–पहिले दिनमा दुई वटासम्म नलीमा चित्र बनाउने गर्थे, नली पनि प्रशस्त पाइन्थ्यो तर अहिले लेकमा जान पनि सक्दिनँ, अहिले त बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?” ढोरपाटन नगरपालिका–९ का टेकबहादुर घर्तीमगर उमेरले ८३ मा लागे । अहिले पनि उनी घरभित्र बाहिरको काम सहजै गर्न सक्छन् । तर, पछिल्ला दिन उनको आँखा कमजोर हुँदा चित्र कोर्ने रुचि हुँदाहुँदै पनि सक्दैनन् ।

चित्र कलामा पोख्त उनले जवानीमा काठ तथा बुट्टेनलीमा धेरै आकृति कोरे । एक दशक अगाडिसम्म पनि उनले सजिलै बुट्टेनली बनाउने गर्थे तर आँखामा मोतियाबिन्दु भएपछि आँखाको शल्यक्रिया गरे। उनले भने, “शल्यक्रियापछि चित्र कोर्न सक्दिन । ” ग्रामीण जनजीवन र मौलिक संस्कृति झल्काउने बुट्टेनली अहिले जिल्लामै बनाउने कलाकार पाइँदैन । बुट्टेनलीले बागलुङ जिल्लाको चिनारीका रूपमा रहेको छ । नयाँ पुस्तामा सीप पुस्तान्तरण नहुँदा बुट्टेनली अहिले लोपोन्मुख अवस्थामा छ ।

बाँस, लेकमा पाइने गजिङ, मालिङलगायतका बाँसजन्य काठमा हातले कलात्मक शैलीमा कुँदेर विभिन्न प्रकारका आकृति दिने गरिएकामा अहिले त्यो प्रचलन हराउँदै गएको घर्तीमगरले गुनासो पोखे । उनले देवी–देवता खुसी बनाउनका लागि उनीहरूको चित्र बनाउने गरेको बताए । बुट्टेनलीमा भगवानको चित्रसँगै फूल, चरालगायत मौलिक सांस्कृति बोकेका वस्तुको चित्र कोरिने गरेको उनको भनाइ छ ।

उनी भन्छन्, “हाम्रो पालामा बुट्टेनली बनाउन समस्या थिएन, बाउबाजेले बनाउँथे उनीहरूबाटै सिक्यौँ, बनायौँ पनि, अहिले ठिटाहरूले यस्तो काम गर्दैनन्, सिक्न पनि चाहन्नन्, त्यसले गर्दा हराउँदै गयो, अहिले पनि गाउँमा दुई–चार जना बुढा छन्, उनीहरूले राम्रो चित्र कोर्थे, अहिले त उनीहरू पनि मजस्तै आँखा नदेख्ने भए ।”

बुट्टनली देशभित्र मात्रै नभई युरोप–अमेरिकालगायतका ठूला–ठूला देशमा निर्यात हुने गरेको उनले सम्झिए । अहिले कसैले किन्न चाहे पनि गाउँमा पाइन छाडेको घर्तीमगरले बताए । बागलुङ जिल्लाको चिनारी बनेको बुट्टेनली लोप हुँदै गएपछि पहिचान जोगाउनै हम्मेहम्मे पर्ने स्थिति आएको छ । स्थानीय प्रेमबहादुर सुनारले गाउँमा आउने पाहुनालाई मायाको चिनोस्वरुप बुट्टेनली दिने गरेको स्मरण गरे ।

उनले अहिले ढोरपाटन घुम्न आउने पर्यटकले बुट्टेनली किन्न खोज्ने गरेको सुनाउँदै उनीहरूलाई बिक्री गर्ने बुट्टेनली गाउँघरमा पाइन छाडेको बताए । लौरोका रूपमा प्रयोग गरिने बुट्टेनली अहिले गाउँका एकाध बूढापाकाबाहेक अरुसँग नभएको उनले बताए । बुट्टेनली बन्न छाडेपछि गाउँका बूढापाकाले बजारमा आएका फलामका लौरो प्रयोग गर्न थालेको उनको भनाइ छ ।

“हामीहरु त लेकमा बस्ने मान्छे हौँ, सधैँ लेकबेँसी गर्नुपथ्र्यो, लेकबेँसी गर्दा त्यही बुट्टेनली टेकेर हिँडिन्थ्यो, तल–तल बजारतिर जाँदा साहु साहेबहरूले उतै राख्नुहुन्थ्यो, निकै राम्रो लाग्थ्यो रे उहाँहरूलाई, कहिलेकाहीँ गाउँमा आउँदा इष्टमित्रलाई मायाको सम्झनाका लागि बुट्टेनली दिने चलन थियो”, उनले भने, “अहिले त त्यस्तो चलन छैन, त्यो चलन पनि हरायो, बुट्टेनली पनि हरायो ।”

निसीखोला गाउँपालिका–६ का तेजिन्द्र घर्तीमगरले बुट्टेनलीसँगै चोयाबाट बन्ने डोको, नाङ्लो, कोक्रोलगायतका सामानसमेत बुन्न छाडिएको बताए । आयातित प्लास्टिकका सामानले चोयाबाट बन्ने सामग्री ओझेलमा परेको सुनाए । आफ्नो घरमा तीन वर्ष अगाडिसम्म दुईवटा बुट्टेनली रहेकामा पोखराबाट घुम्न आएका पर्यटकले लिएर गएको उनी बताउँछन् ।

“जुगजमाना फेरिए, पहिले–पहिले निकै प्रयोगमा आउने धेरै सामान अहिले भेट्टाउन सकिँदैन, त्यसमध्ये बुट्टेनली पनि महत्वपूर्ण मानिन्छ, जिजुबाजेबाट बाजेले सिके, बाजेबाट बाउहरूले सिके तर बाउहरूबाट हामीले सिक्न सकेनौँ, त्यही भएर अहिले कसैले खोज्यो भने कतै पनि भेट्टाउन सकिँदैन”, उनले भने ।

साविक धवलागिरि अञ्चलको बागलुङमा बढी प्रचलित बुट्टेनली नेपालमै चर्चित काष्ठकलाका रूपमा लिइन्थ्यो । गाउँमा आउने विदेशी पर्यटकलाई बुट्टेनलीले लोभ्याउने हुँदा उनीहरूले हजारौँ रुपैयाँ तिरेर लैजाने गरेको बूढापाका बताउँछन् । बुट्टेनलीसँगै भेडाका रौँबाट बनेका राडीपाखी र लेकाली गाईको घ्यूसमेत विदेशीले लैजाने गरेको उनीहरूको भनाइ छ । अहिले लेकाली गाईको घ्यू र बुट्टेनली भेट्टाउनै मुस्किल पर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu